मोरङसुनसरी सेवा समाज कतार र युएइले गरे साधारणसभा, दुवै देशमा बने नयाँ समिति

  • १९ फाल्गुन २०७५, आईतवार

सरोज  बास्तोला, कतार  / “मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज युएई र कतारमा  शुक्रबार सम्पन्न छुट्टाछुट्टै सम्पन्न साधारणसभाले मोरङसुनसरी सेवा समाज युएई र कतारका नयाँ समितिहरु गठन गरेको छ ।

मार्च १ २०१९ अर्थात शुक्रबारका दिन दुबईमा सम्पन्न मोसू युएईको बनभोज तथा भेलाबाट राजन खतिवडाको नेेेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । चयन भएको नयाँ कार्यसमितिमा  सूर्य प्रसाद खरेल र मुना चापागाईं उपाध्यक्ष, पुस्कर सापकोटा सचिव,  बिनोद बस्नेत सह-सचिब, र संजय दाहाल कोषाध्यक्ष छन् ।          त्यसैगरी सदस्यहरुमा  नबराज दर्नाल, उर्मिला गुरुङ, बिक्रम कार्की, दिपक परियार र कृष्ण कटुवाल चयन भएका छन् ।

मोरङसुनसरी सेवा समाज युएई का संयोजक
कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा भएको भेला  तथा बनभोजमा उल्लेेख्य मानिसहरूको उपस्थिति थियो । मोसु युएई केही बर्षअघि नै स्थापना भएपनि खासै सक्रिय हुन सकेको थिएन ।

त्यसैगरी शुक्रबार नै भएको मोरङ्सुनसरी सेवा समाज कतारको दोहामा भएको १४ औ साधारणसभाले चिरञ्जीवी तिम्ससिनाको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति  निर्बिरोध निर्वाचित गरेको छ ।

निर्वाचित नयाँ समितिमा दिलिप पराजुली र भिम विश्वकर्मा उपााध्यक्ष, नियम भूजेल सचिव,  लिलानाथ घिमिरे र मनोज चौधरी सह-सचिव, तारानाथ बास्तोला (पवन) कोषाध्यक्ष, शुष्मा खतिवडा कटुवाल र संजिव आचार्य सह-कोषाध्यक्षमा चयन भएका छन् ।

नव निर्वाचित सदस्यहरुमा हिक्मत बिष्ट, कमल गिरी, किरण थापा, पर्शुराम बन्जरा, युबराज भुजेल, रोशन तामाङ, बिशाल खतिवडा, बिरेन कठायत, वीरजंग थापा, खेम भट्टराई, प्रेम राई र योजना शर्मा थापा छन् ।

मोसु बहराइनको सहयोगमा आमजुंगीमा आँखा शिविर हुँदै 

त्यसो त फागुन २५ गते शनिबारका दिन मोरङ्सुनसरी सेवा समाज बहराइन र केेेराबारी गाउँपालिकाको सहकार्यमा  मोरङ केराबारी ८ आमजुंगीमा नि:शुल्क आँखा शिविर हुने भएको छ ।

शिविरलाई व्यापक बनाउन तयारी अन्तिम चरणमा पुगेको मोरङसुनसरी सेवा समाजका अभियन्ता गोकुलबहादुर थापाले जानकारी दिनुभयो ।