लामाटोलीमा सार्वजनिक सुनुवाई कार्यक्रम
- २८ चैत्र २०८१, शुक्रबार
पथरी शनिश्चरे वडा नं. ७ को लामाटोलीमा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज वडा नं. ७ को लामाटोलीमा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा आयोजना गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । तिम्मा साप्ताहिकको सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहनप्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्वर वस्ती शिक्षा शाखा प्रमुख नविन खुलालले दिनुभएको थियो ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरपालिकामा विकास निर्माणका कार्यहरु द्रुत गतिमा सम्पन्न भइरहेका र हुन बाँकी विकास योजनाहरुलाई जतिसक्दो चाँडो सम्पन्न गर्न लागिरहेको बताउनुभयो ।
सार्वजानिक सुनुवाई कार्यक्रम वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, स्वास्थ्य अधिकृत एकराज खत्री, नगरका शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक बुद्धिजीवीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
नगरको सार्वजानिक सुनुवाई कार्यक्रम यसभन्दा अघि पथरी शनिश्चरे वडा नं. ९ को शनिश्चरे बजार, वडा नं. ५ र ६ को हसन्दह बजारमा सम्पन्न भइसकेको छ ।



