महिला दिवसको अबसरमा पथरीमा चित्रकला प्रतियोगिता हुँदै

  • २० फाल्गुन २०७५, सोमबार

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा चित्रकला प्रतियोगिता सहितको कार्यक्रम गर्ने भएको छ ।

मार्च ८ का दिन आगामी शुक्रवार नगरका माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच महिला हिंसा र महिला सशक्तिकरण शिर्षकमा चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाइन् ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा बसेको महिला जनप्रतिनिधिहरुको बैठकले सो दिन चित्रकला प्रतियोगिताका साथै कार्यपत्र प्रस्तुति सहित अन्तरक्रिया कार्यक्रम राखिने निर्णय गरेको हो ।