१२ बर्षपछि बेलबारी प्रहरीले पक्राउ गर्यो वालिका बलात्कार गरी भागेको मान्छे

  • २२ फाल्गुन २०७५, बुधबार

बाह्र बर्षअघि एक नाबालिकालाई जर्बजस्ती करणी गरी फरार भएका अभियुक्तलाइ इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ  ।

साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा हाल सुन्दरहरैचा नगरपालिका ४ मा नाबालिकालाई सामुहिक बलात्कार गरी फरार भएका ११ गोम्बे तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात तामाङ फरार रहेका थिए । ११ बर्ष कैद तोकिएका उनलाई प्रहरीले मंगलबार पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरेको छ ।अदालतको आदेश अनुसार तामाङ मोरङ जिल्ला कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
यसैगरी प्रहरीले जबरजस्ती करणी मुद्धाका केराबारीका अर्का फरार अभियुक्तलाई पनि पक्राउ गरेको छ ।

केराबारी गाउँपालिका ८ का फरार अभियुक्त हर्कबहादुर विश्वकर्मालाई  ईलाका प्रहरी कार्यलय बेलबारीले पक्राउ गरेको हो। विश्वकर्मालाई २०७३ असार ५ गते गते अदालतले २ बर्ष ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको थियो । उनलाई पनि पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिएको र जिल्ला कारागार चलान गरिएको बेलबारी प्रहरीले जनाएको छ ।

केही साता यता ईलाका प्रहरी कार्यालय बेलबारीले १० बर्षअघि मोरङको भाउन्नेमा चालकको हत्या गरी मारुती भ्यान सहित फरार भएका एक अभियुक्तलाइ समेत पक्राउ गरेको थियो ।