धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रतियोगिता, सिस्नोको अचार ठहरियो उत्कृष्ट

  • २३ फाल्गुन २०७५, बिहीबार

धनकुटा । अर्गानिक खेतीको व्यवसायिक प्रवर्दधनको लागि धनकुटामा पहिलो पटक अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना भएको छ।

धनकुटामा बढ्दै गएको विषदीको प्रयोगलाई निराकरण गर्ने उदेश्यले १ सय नवौं महिला दिवसको अबसरमा उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाले बिहीबार एकदिने अर्गानिक खाना प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरेको हो।

कार्यक्रममा एक सय २५ प्रकारका खानाका परिकारको प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ। धनकुटामा विषादीको मात्रा बढ्दै गएकाले यसको निराकरणमा महिलाबाट सुरुवात गर्नुपर्छ भन्ने उदेश्यले एक सय नवौँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कुशुम रानाले जानकारी दिइन् ।धनकुटामा पाईने समाग्रीहरु वस्तुहरु चामल, मकै, कोदो, फापर,सिस्नु,रायोको साग,फापर,च्याउ,आलु,मुला गाजर लगायतका १०९ अर्गानिक खाद्य वस्तु तथा समाग्रीहरुको र मासुका विभिन्न परिकारहरु गरी १ सय २५ परिकारहरु प्रदशनी तथा प्रतियोगिताका लागी राखिएको थियो ।
खाद्यान्नवाट वन्ने सेलरोटी, पुलाउ, भटमास, वोडी, दाल जस्ता दलहलवाट वन्ने पकौडा लगायत र रायो साग, चम्सुर, साग, मुला, गाँजर, काक्रा, आलु,सिस्नु जस्ता तरकारीबाट वन्ने तरकारी, सिन्की, गुद्रुक, अचार लगायत १ सय २५ थरि परिकार र मासुका परिकारहरु समेत प्रर्दशनीमा राखिएको संस्थाकी उपाध्यक्ष रेणु श्रेष्ठले बताइन् ।

प्रदर्शनी तथा अवलोकन कार्यक्रमको जिल्ला समन्वय समिती धनकुटाका प्रमुख टंक बहादुर चुवानले विशेष कार्यक्रमकाबीच उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न प्रकारका अर्गानिक खानाका जानकारी दिएको थियो। करिब एक हजार व्यक्तिले अवलोकन गरेको आयोजक समितीकी सावित्रा राईले जानकारी दिइन् ।

प्रदर्शनी राखिएको मध्ये उत्कृष्ठ परिकारलाई पुरस्कृत गरिएको छ। जसमध्ये एलिशा रानाको सिस्नोको अचार पहिलो, मैया पौडेलको मेथीको चाम्रे दोस्रो, पुजा रानाको च्याउको छोइला तेस्रो र एलिशा श्रेष्ठको चुकौनीको अचार सान्त्वना घोषित भएका छन् ।