आठ नौ दिनदेखि बेलबारीकी एक महिला बेपत्ता, बेपत्ता पारेको आशंकामा गुरुङ पक्राउ

  • २४ फाल्गुन २०७५, शुक्रबार

मोरङको बेलबारी ४ की एक महिला एक हप्तादेखि बेपत्ता भएपछि सिंगो बेलबारी तरंगित भएको छ ।

गत फागुन १७ गते शुक्रबार राति गुरुङसँगै घरबाट निस्किएकी बेलबारी ४ की रमिला राई अझैसम्म पनि फेला नपरेपछि प्रहरीको लागि समेत टाउको दुखाइ भएको छ ।

हराएको एक हप्ता नाघिसक्दा समेत अझैसम्म महिला  फेला नपरेपछि महिलाका आफन्तले बेलबारीका योगेन्द्र गुरुङ विरुद्ध उजुरी समेत दिएका छन् । उजुरीपछि घटनासँग सम्बद्ध रहेको आशंकामा प्रहरीले शुक्रबार गुरुङलाई पक्राउ गरेको छ ।

बेलबारीस्थित सामुदायिक नोबेल हस्पिटलका संचालक, लोहोन्द्रा साझेदारी वनका अध्यक्ष तथा नेकपा बेलबारीका नेता समेत रहेका गुरुङ इलामको पशुपतिनगरबाट पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । पारिवारिक श्रोतले उनी पक्राउ परेको खुलासा गरे पनि प्रहरीले गुरुङ पक्राउ परेको पुष्ठि गरेको  छैन ।
गत फागुन १७ गते शुक्रबार गुरुङसँगै घरबाट निस्किएकी बेलबारी ४ की रमिला राई अझैसम्म पनि फेला नपरेको र युवती हराएको केही दिनदेखि गुरुङसमेत फरार रहेकाले प्रहरीले खोजी गरिरहेको थियो ।

प्रहरीले बेलबारी अपरान्ह बेलबारी ४ स्थित गुरुङको घरमा खानतलासी गर्नुका साथै उनको बा.१५ च. ७९१६ नम्बरको कार समेत  गरेको  छ । यद्यपि पक्राउ परेेका गुुुरुङ र बेपत्ता भएकी महिला त्यसदिन किन र कहाँ गएका थिए भन्नेेबारे अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ ।

एक हप्तासम्म कहाँ बेपत्ता छिन् बेलबारीकी यी महिला ? अनि किन र कसरी पक्राउ परे योगेन्द्र ?