बेलबारी र केराबारीमा भब्य रूपमा मनाइयो महिला दिवस, महिला उद्यमी पनि सम्मानित

  • २४ फाल्गुन २०७५, शुक्रबार

केशु विरही, बेलबारी, माेरङ/  मोरङको बेलबारी नगरपालिका र केेेराबारी गाउँपालिकाले शुक्रबार विभिन्न कार्यक्रम गरी १ सय ९ औं अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् ।

बेलबारी नगरपालिकाकाे आदिवासी जनजाती सांस्कृतिक हलमा गरिएकाे अन्तरक्रिया कार्यक्रममा प्रदेससभा सांसद यशाेदा अधिकारीकाे प्रमुख आतिथ्यता  थियाे ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवम् उद्याेग वाणिज्य संघका अध्यक्ष याेगेन्द्र सुवेदी, नगरकार्यपालिका सदस्यहरु नगरविकास समितिका संयाेजक धर्मप्रसाद जमरकट्टेल, महिला अगुवा सीता सुवेदी, नेकपाका बेलबारी नगरसंयाेजक परशुराम सुवेदी, अधिवक्ता बालकृष्ण अाचार्य तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रमुख अतिथि प्रदेससधा सांसद यशाेदा अधिकारीले कार्यक्रमलाई संबाेधन गर्दै प्रदेससभा महिला हक हित र उनीहरुकाे अधिकारका सवालमा सचेत रहेकाे बताईन्। उनले अब चाँडै आमाकै नामबाट सन्तानले नागरिक्ता पाउने पनि बताईन् ।

साे अवसरमा बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी, बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदी, महिला अगुवा सीता सुवेदी, नेतृ शान्ता तामाङ, अधिकारकर्मी सुशीला भट्टराई, ईलाका प्रहरी कार्यालय बेलबारीकी मीना बिष्ट, नेकपा नगर संयाेजक परशुराम सुवेदी लगायतकाले आ-आफ्ना धारणा राखेका थिए ।

नगरपालिकाले आयाेजना गरेकाे अन्तरक्रियामा बाेल्ने अधिकांश वक्ताले विध्यमान कानुन महिलामैत्री बन्न नसकेकाे गुनासाे गर्दै कानुन कागजमा मात्र सिमित भएकाेे अव त्यसलाई व्यवहारिक रुप दिनु पर्ने वेला आएकाे बताएकाेे थिए ।

साे अवसरमा तीला लेकालीले प्रस्तुत गरेकाे “लैङ्गिक समानताका लागि समान साेच र व्यवहार : समृद्धिका आधार” विषयक कार्यपत्रमाथि अधिवक्ता बालकृष्ण आचार्यले टिप्पणी गरेका थिए ।

महिला उद्यमीलाई सम्मान गर्दै केराबारीमा पनि मनाइयो महिला दिवस 

त्यसैगरी केराबारी गाउँपालिका तथा गाउँ कार्यपालिकाको आयोजनामा प्रभातफेरी तथा कानुनी सचेतना सम्बन्धि अन्तरकृया कार्यक्रम गरी १०९ औं
अन्तराष्ट्रिय महिला दिवस मनाइएको छ ।

दिवसको अबसरमा केराबारीमा गरिएको अन्तरकृया तथा प्रभातफेरीमा गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, प्रमुख प्रसाशकीय अघिकृत पुण्यप्रसाद पौडेल, उपाध्यक्ष शान्तिकुमारी लिम्बु, वडाध्यक्षहरु तथा अन्य जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, महिला अघिकारकर्मी तथा सामाजिक कार्यकर्ता लगायत विभिन्न ब्यक्तिहरुको सहभागिता थियो ।

अन्तराष्ट्रिय महिला दिवसको अबसरमा गाउँपालिकाले तीनजना महिला उद्यमीहरुलाई सम्मान गर्ने तयारी गरेको थियो । तर सम्मानित हुने अन्य महिला उद्यमी नआएपछि केेेराबारी १० की हिमा महतलाई मात्र सम्मान गरिएको कार्यक्रम संचालिका तथा केेेराबारी गाउँपालिकाकी कर्मचारी संगीता भण्डारीले बताइन् । महतलाई उपाध्यक्ष लिम्बूले दोसल्ला ओढाएर सम्मानित गरेकी थिइन् । सम्मानित भएकी महतले कुुुनै तालिमबिना आफैं काम सिकेर मुडा बुन्ने ब्यबशाय गर्दै आएकी छिन् ।