धनकुटामा कम्प्युटर तथा सुईटर बुनाई तालिम शुरु, सिलाइ कटाइ तालिम सम्पन्न

  • ३० फाल्गुन २०७५, बिहीबार

घरेलु तथा साना उद्योग बिकास समिति मुख्य शाखा कार्यालय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको संयुक्त आयोजनामा तिन महिने बेसिक कम्प्युटर र सुईटर बुनाई तालिम शुरु भएको छ ।

तालिमको जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईले बिहीबार उद्घाटन गरेकी छिन्  । घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका निर्देशक दिपक पौडेलले साना घरेलु उद्योगहरुबाट स्थानीय स्तरमा भएका कच्चा पदार्थहरुको उपयोग गर्दै मुलुकलाई समृद्धी बनाउन र साना उद्योगहरुको प्रवद्धन र सवद्धनका लागि तालिम आयोजना गरिएको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य तथा घरेलु तथा साना उद्योग महासंघ धनकुटका उपाध्यक्ष कुसुम राना, धनकुटा नगरपालिका वडा नं. ४ का वडा सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य दुर्गा अधिकारी लगायतको उपस्थिति थियो ।

सुईटर बुनाई तालिममा १३ जना र कप्युटर तालिममा १५ जना प्रशिक्षार्थी सहभागीहरुले भाग लिईरहेको घरेलु तथा साना उद्योग महासंघ धनकुटाकी प्रशिक्षक करुणा लावतीले वताईन् ।

त्यसैगरी सोही अवसरमा घरेलु तथा साना उद्योग महासंघ धनकुटाद्धारा संचालित दुई महिने सिलाई कटाई तालिमका सहभागीहरुलाई प्रमाणपत्र पनि दिइएको छ ।

जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख बंगला राई, घरेलु विकास समिति धनकुटाका निर्देशक दिपक पौडेल, घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

हालै सम्पन्न सिलाई कटाई तालिममा १३ जनाले भाग लिएको प्रशिक्षक तारा वस्नेतले वताइन् । – विजय राई,धनकुटा