बेलबारी नगरपालिकाद्वारा सडक क्षेत्रमा राखिएका सामान जफत, सक्रिय बन्दै नगरप्रहरी

  • ४ चैत्र २०७५, सोमबार

बेलबारी , मोरङ / सडक क्षेत्र अतिक्रमण गरी राखिएका सामग्रीहरु बेलबारी नगरपालिकाले उठाउन थालेको छ ।

पटक पटक सडक अतिक्रमण हटाउन सुचना नै जारी गरे पनि ब्यबसायीहरुले अटेर गरेपछि सामग्री उठाउन थालिएको नगरपालिकाको कार्यालयले जनाएको छ । साप्ताहिक रुपमा लाग्ने सोमवारे हटियाबाट  नगर प्रहरीले सिरक, ड्सना, कमल, सिरानी, लगाउतका सामाग्रीहरु जफत गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले वताए ।

सडक नै जाम गरेर राखेको र पटक पटक हटाउन निर्देशन गरेपनि अटेर गरेका कारण सामग्री उठाइएको उनले बताए । उनीहरुलाई नगरपालिकाको नियम अनुसार पहिलो पटक जरीवाना लिएर छाड्ने उनले बताए ।

सडक अतिक्रमण गरेर राखेका सामाग्री जफत गर्ने सम्मको अधिकार नगरपालिकालाई भएको बतााउँदै प्रमुख प्रशासकीय अधिकृत दाहालले भने – ‘अटेर गरे कानुन बमोजिम कार्वाहि गर्छौ ।’