धनकुटामा शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने

  • ८ चैत्र २०७५, शुक्रबार

धनकुटा जिल्लामा आंँखा उपचार सेवालाई अझ प्रभावकारी र स्तरीय बनाउन शहरदेखि गाउंँ गाउंँसम्म आंँखा उपचार सेवा संचालन गरिने भएको छ ।

नेपाल नेत्र ज्योती संघ धनकुटाका अनुसार आंँखा उपचार सेवालाई शहरदेखि गाउंँगाउंँसम्म अभियान अन्र्तगत विद्यालय आंँखा जाच कार्यक्रम, समुदाय आंँखा जांँच कार्यक्रम तथा आंँखा शिविर संचालन गरिने भएको हो ।

नेपाल नेत्र ज्योति संघ धनकुटाद्धारा गठित विभिन्न समितिहरुलाई सक्रिय बनाई व्यापक परिचालन गर्दै धनकुटामा अन्धोपन निवारण गर्न अभियान संचालन गरिने र धनकुटामा संचालित राम प्रसाद आंँखा अस्पताल र इटहरीमा संचालित आंँखा उपचार केन्द्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउदै त्यहा अझ साधन स्रोत सम्पन्न बनाउने नेपाल नेत्र ज्योति संघ धनकुटाका प्रचार प्रसार समितिका संयोजक तथा शिविर समन्वय समितिका संयोजक विजय सन्तोषी राईले बताए ।

नेपाल नेत्र ज्याति संघ धनकुटाका सभापति दोर्ण गुरागाईको अध्यक्षतामा बुधबार भएको वैठक तथा अन्र्तक्रिया कार्यक्रममा सो जानकारी दिइएको थियो । कार्यक्रममा सेवा फाउण्डेशन नेपालका प्रमुख राम प्रसाद कडेल, राम प्रसाद पोखरेल, आंँखा अस्पताल धनकुटाका डा. इशा विष्ट, नेपाल नेत्र ज्योती संघ धनकुटका उपाध्यक्ष रोशेष श्रेष्ठ, कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, सदस्यहरु प्रकाश श्रेष्ठ, जय निरौला, रेणु श्रेष्ठ, अस्मिका राई, ऋषिराम ढुंगाना, जयन्द्र प्रधान, विजय सन्तोषी राई, ठगेन्द्र अधिकारी, दुर्गा अधिकारी निरौला र व्यवस्थापक गंगा खत्री लगायतले धनकुटामा अन्धोपन निवारण गर्न अव शहरदेखि गाउंँ गाउंँसम्म प्रभावकारी रुपमा सवैको सहयोग दिएर संचालन गर्नु पर्नेमा जोड दिए  । – विजय राई,धनकुटा