अलैंची व्यवसायी महासंघको तेस्रो महाधिवेशन धनकुटामा सम्पन्न, नयाँ समिति गठन
- १० चैत्र २०७५, आईतवार
धनकुटा । नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा राजकुमार कार्की निर्वाचित भएका छन् ।
आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा प्रत्यासी उम्मेदवार ओमकृष्ण विमलीलाई पराजित गर्दै कार्की अध्यक्षमा निवार्चित भएका हुन् । कार्कीले १११ मत प्राप्त गरेका थिए भने विमलीले ४२ मत प्राप्त गरेको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत दिपक नेपालले बताए ।
महाधिवेशनमा अध्यक्ष बाहेकका पदाधिकारीहरु निर्विरोध निवार्चित भएका छन । आगामी कार्यकालका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा संखुवासभाका सुमन श्रेष्ठ, कृषि उपाध्यक्षमा पाँचथरका नरेन्द्र अधिकारी र वाणिज्य उपाध्यक्षमा बिर्तामोडका इन्द्रचन्द विन्दल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महासचिव पदमा बिर्तामोडका सुवास भट्टराई, सचिवमा इलामका मात्रिका घिमिरे र कोषाध्यक्षमा बिर्तामोडका निमेष मित्तल र महिला सदस्यहरुमा सुष्मा भण्डारी पौडेल, मेनुका मिश्र निर्विरोध भएका छन ।
निर्वाचन समितिका अनुसार खुल्ला सदस्य ६ जनाका लागि ९ जनाको उम्मेदवारी परेकोमा सदस्यहरु सुजित वंशल, जयगोपाल शाह, रामकृष्ण विष्ट, गणेश पौडेल, अम्बरबहादुर तामाङ र अर्जुन चुडाल निर्वाचित भएका छन् । त्यस्तै प्रदेश संयोजक रहने केन्द्रीय सदस्य पदमा प्रदेश १ को संयोजकमा इन्द्रबहादुर तामाङ, प्रदेश ३ को संयोजकमा रामचन्द्र थापा र गण्डकी प्रदेशको संयोजकमा अजय तामाङ निर्वाचित भएका छन।