सुकुना क्याम्पसका प्राध्यापकमाथि आक्रमण

  • १४ चैत्र २०७५, बिहीबार

मोरङको सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक केशव भट्टराईमाथि  आक्रमण भएको छ ।
नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद संग्रौला अर्का युवानेता ललित श्रेष्ठ ,नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की लगायतको नेतृत्वमा आएको समुहले बुधबार बेलुकी आक्रमण गरेकोो भट्टराईले बताएका  छन् । आक्रमणबाट उनको  छाती र पेटमा चोट लागेको बताइएको छ ।

बेलुकी डिग्रीको कलास सकेर भाइवाको लागि क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठसंग छ्लफल गरि क्याम्पस परिसरबाट बाहिर निस्किने क्रममा आक्रमण गरेको प्राध्यापक भट्टराईले बताए । राजनीतिक रुपले नेतृत्व तहमा पुगिसकेका नेताकैै अगुवाईमा आएको समुहबाट आक्रमण हुनु अनपेेक्षित र  दुुु:खद भएको उनले बताए ।
भट्टराई बिगत २५ बर्षदेखी सुकुना बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आएका प्राध्यापक  हुन ।  प्राध्यापकमाथि  आक्रमण हुनु निन्दनीय भएको प्राध्यापकहरुले बताएका छन् । पब्लिक क्याम्पस प्राध्यापक संघ सुकुना इकाई समितिले घटनाको भर्त्सना गरेको छ । अध्यक्ष बलराम पोख्रेलले निकालेको बिज्ञप्तिमा घाइते विद्यार्थीको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

उता नेपाली काङ्ग्रेसका एक नेताले भने बुधबार बिहान नेबिसंघका नेताहरूमाथि अनेरास्ववियुको आक्रमण भएको घटनाबारे बुझ्न मात्र गएको र आक्रमण नगरेको जिकिर गरेका छन् ।
प्रदेश नम्बर १ को ठुलो क्याम्पसहरु मध्येको सुकुना बहुमुखी क्याम्पसमा १ सय बढी प्राध्यापकहरु कार्यरत छन् ।