बेलहाराका किसानहरुसँग विषदी नियन्त्रण सम्बन्धी अन्तरक्रिया

  • १४ चैत्र २०७५, बिहीबार

धनकुटा । संवाद समूह धनकुटाले धनकुटा नगरपालिका ९ बेलहारामा विषदी नियन्त्रण सम्बन्धी किसानहरुसँग अन्तरक्रिया गरेको छ ।

संवाद समूह धनकुटाका अध्यक्षता कमल श्रेष्ठको अध्यक्षता तथा धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मानव स्वास्थ्यमा असर गरिरहेको विषादी नियन्त्रणको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले विषादी प्रयोग गर्न हुदैन भन्ने थाहा भएपनि बाध्यता रहेको बताएका थिए ।
कार्यक्रममा वडाध्यक्ष रायमाझीले विषादी नियन्त्रणका लागि छिट्टै बैकल्पिक उपायका बारेमा छलफल गरि काम सुरु गर्ने बताए ।