बेलबारीमा मुलुकी देवानी संहिता र महिला अधिकार सम्बन्धी दुइ दिने प्रशिक्षण

  • १९ चैत्र २०७५, मंगलवार

बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजना तथा अभ्यास नेपाल नामक सामजिक संस्थाको प्राविधिक सहयोगमा मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि २०७४ मा भएका विद्यमान कानुनी ब्यबस्था तथा महिला अधिकार सम्बन्धी दुइ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

३० जना वढी महिला सहभागी उक्त प्रशिक्ष्ण कार्यक्रमको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । उद्घाटन गर्दै मेयर सुवेदीले महिला हिंसा न्यूनिकरण गर्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए । नगरपालिका आफैंमा स्थानिय सरकार भएकोले  महिला सम्बन्धी कानुन बनाउने उनलेे बताए  ।

तपाईहरुसँग सल्लाह गरेर कानुन बनाउछौंं, नेपालको संविधान तपाईहरु पनि पढ्नुहोस,  उनले भने छलफल गरेर कानुन बनाऔं । यस्तै बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले महिला अधिकारका लागि नगरपालिकाले विभिन्न कार्ययोजना बनाउदै काम गर्दै गरेको बताइन्  ।

अभ्यास नेपालकी सल्लाहकार अन्जना अधिकारीले महिलाहरुलाई ३३ प्रतिसत भनिएपनि अहिलेसम्म सवै तहमा कार्यान्यन नभएको आरोप लगाईन् ।

स्थानिय तहरुमा ३३ प्रतिशत कार्यान्यन भए पनि अन्य निकायमा नभएको उनले आरोप लगाईन् । वडा नम्बर ९ का वडा अध्यक्ष नगेन्द्र खड्काले महिला हिसा सम्बन्धी कार्यक्रम सकिएपछि बिद्यार्थीहरुलाई भेला गेरर वालविवाह सम्बन्धि कार्यक्रम गर्ने बताए  ।