जनप्रतिनिधि आएयता बेलबारी नगरबाट १५ हजारभन्दा वढीले लिए उपचार सेवा

  • २० चैत्र २०७५, बुधबार

बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजनामा गरीएको स्वास्थ्य शिविरमा साढे ४ सय भन्दा वढीले सेवा लिएका छन् ।
बुधवार डांँगिहाट स्वास्थ चौकीको भवनमा भएको  शिविरमा ४ सय ९० जनाले सेवा लिएका हुन्  । जसमध्ये हाडजोर्नीका विरामी बढी भेटिएका छन् । ४० बर्ष भन्दा माथि उमेर समुहका मानिसहरुमा हाडजोर्नीको समस्या भेटिएको शिविरमा खटिएका स्वास्थ्य कर्मीहरुले बताएका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार छाला, हाडजोर्नी र स्त्री रोग, वालरोग,गाईनो, न्यूरो, नाक, कान घांँटी लगायतका विरामीको उपचार गरिएको छ ।

नि:शुल्क औषधि सहित भिडियो एक्सरे र ल्याव सेवा समेत सचालन गरीएको वडा अध्यक्ष नगेन्द्र खड्काले बताए । विएन्डसी अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा शिविर गरीएको हो ।

शिविरको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले गरेका थिए । उनले जनप्रतिनिधि आएपछि अहिलेसम्म विभिन्न शिवरबाट १५ हजारभन्दा वढीले सेवा पाएको बताए ।  नगरपालिकाले प्रत्येक वडामा विभिन्न प्रकारका शिविरहरु संचालन गरेको जनाएको छ ।