धनकुटामा एक व्यक्तिको रहस्यमय हत्या

  • २४ चैत्र २०७५, आईतवार

धनकुृटा । धनकुटा नगरपालिका २ भिरगाउँमा एक व्यक्तिको हत्या भएको छ।

धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको हत्या भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार दर्लामीको शव उनकै घरमा आइतबार बिहान फेला परेको थियो । उनको हत्या शनिबार राती नै भएको हुन सक्ने  प्रहरीले जनाएको छ । उनलाई हत्या गरेर घरमा लगेर सुताएको हुनसक्ने बताइए पनि  परिवारले थाहा नपाएको र परिवारले बिहान बोलाउन जाँदा रगत बगिरहेको भेटेपछि प्रहरीलाई खबर गरेको खड्काले बताए ।

उनको अनुहार र शरिरका विभिन्न भागमा आक्रमण गरिएका घाउ र खत तथा डढेको देखापरेको प्रहरी निरीक्षक खड्काले बताएका छन। घटनाबारे दूई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ। घटनाबारे स्थानीय बच्चाहरु मार्फत थप अनुसन्धान गरिने प्रहरीको भनाई छ।