‘जनतासँग मेयर’ कार्यक्रम लिएर बस्ती बस्तीमा पुग्न थाले बेलबारीका मेयर

  • २७ चैत्र २०७५, बुधबार

मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी जनतासँग मेयर कार्यक्रम नै लिएर गाँउ गाँउमा जान थालेका छन् ।

विकास निर्माणदेखि नगरवासीको जीवनस्तरको अबस्था वुझ्न गाँउ गाँउमा जाने गरेका मेयर सुवेदी ‘जनतासँग मेयर’ कार्यक्रम  नै लिएर  वस्तिमा जान थालेका हुन् । बेलबारी वडा नम्बर ६ मा रहको मुसहर वस्तिमा पुगेर मेयर सुवेदीले उनीहरुको रहनसहन धर्म संस्कृति, आर्थिक अबस्था आदि बुझेका छन् ।

वस्तिका अधिकांश घरमा पुगेर मेयर सुवेदीले सबैलाई आय आर्जन गर्न सक्ने बनाउने बताए ।  उनले भने ‘तपाईंहरु नगरसंँग हातेमालो गर्न आईदिनु होस ।’
उनले सो बस्तिमा विद्यालय पठन पाठन गर्नबाट बञ्चित वालवालिकालाई बिद्यालय पठाउन समेत आग्रह गरेका छन्  । गत बर्ष उक्त वस्तिका २२ जना बिद्यार्थीलाई मेयर सुवेदी आफैं गएर बिद्यालयमा भर्ना गराएका थिए ।

घर नभएका परिवारका लागि उनले जनता आवास कार्यक्रममा पहिलो चरणमा फुसको छाना हटाएर जस्ता पाता लगाउने उद्घोष गरेका छन्  । उनले त्यस बस्तीमा यसै आर्थिक बर्षमा छाना लगाउने  बताए ।

सुवेदीले छिट्टै जनाता आवास निर्माण गरिदिने पनि  बताए । गरिवसंग नगरपालिका कार्यक्रम मार्फत दलित, मधेसी, आदिवासी जनजाति, पिछडा, झागर बस्तिका वासिन्दालाई राहत पुर्याउने खालको कार्यक्रम ल्याउन लागिएको उनले बताए ।