सिसौली सिमसारमा सम्पन्न भो छैटौं साहित्य परिक्रमा कार्यक्रम

  • २७ चैत्र २०७५, बुधबार

बेलबारी साहित्य विकास समितिको छैटौं साहित्य परिक्रमा कार्यक्रम मोरङ बेलबारी-१ स्थित सिसौली सिमसारमा सफलताका साथ सम्पन्न भएको  छ ।

हरेक महिना एउटा साहित्य परिक्रमा गर्दै आएको  समितिले बुधबार बेलबारी–१ मा अवस्थित पर्यटकीय स्थल सिसौली सिमसारमा यसपालीको कार्यक्रम  गरेको हो ।

सर्जकहरुले सुन्दर तथा जैविक विविधताले भरिपूर्ण  सिसौली सिमसारको बिषयमा आधारित सृजना तयार गरी वाचन गरेका थिए । कार्यक्रममा बेलबारी नगर उप–प्रमुख ढाका कुमारी पराजुली, बेलबारी वडा नं १ अध्यक्ष चक्र खुलाल, स्थानीय साहित्यकारहरु धनजीत पराजुली, रमेश तामाङ, जेवी थुलुङ, तिला लेकाली, बादल राई, बलराम पोखरेल लगायत २ दर्जन साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

परिक्रमा कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख ढाका (तारा) पराजुली, बेलबारी १ का वडाध्यक्ष चक्र खुलाल, सल्लाहकार रमेश तामाङ, ईरान राई, जे बि थुलुङ लगायत स्रष्टाहरू धनजीत पराजुली, तिला लेकाली, बादल राई, लक्ष्मी सुवेदी, निरू गाैतम, हस्त थापा, सन्देश तामाङ, दीप मग्राती, भीम राई, निरा पाेख्रेल,सेरबहादुर खपाङ्गी,साेनाली गुरूङ, बलराम कार्की लगायत जनप्रतिनिधीहरू खिना बस्नेत, बिन्दु गुरूङ, समाजसेवी प्रेम महत, बलबहादुर गुरूङ लगायतको उपस्थिति थियाे ।

लेखन तथा वाचन क्षमताको बिकासका साथै ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रको प्रबर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न थालिएको बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन् । ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रमा गरिने अभियान अब पनि  निरन्तर आयोजना गरिने सुवेदीले बताइन् ।

बेलबारी साहित्य विकास समितिले यसअघि बेतना सिमसार र धनपालगढी, रमितेडाँडा, सृजना पार्क लगायतका पर्यटकीय तथा धार्मिक स्थलमा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

संस्थाकी अध्यक्ष रेखा सुवेदीकाे अध्यक्षतामा गरिएको कार्यक्रम सचिव धनजीत पराजुलीले  सञ्चालन गरेका थिए ।