बेलबारीमा दलित संग्रहालय निर्माण हुंँदै, प्रदेश नम्बर एककै नमूना बन्ने दाबी

  • ४ बैशाख २०७६, बुधबार

उत्तम पोख्रेल /मोरङको बेलबारीमा दलित संग्रहालय बन्न थालेको छ ।

दलित समुदायका धर्म,सस्कार, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ दलित संग्रहालय निर्माण थालिएको हो ।
नगरपालिकाको ७ लाख ५० हजार सहयोगमा निर्माण  थालिएको छ ।

पहिलो तलाको निर्माण कार्य अन्तिम चरणमा भएको संग्राहालय निर्माण समितिका अध्यक्ष हरि वहादुर बिश्वकर्माले बताए । उनले  दोस्रो र तेस्रो तलका लागि नगरपालिकासँग बजेट माग गरेको बताए  । आगामी बर्षभित्रमै संग्रहालय निर्माण गरिसक्ने उनले बताए ।

‘सभाहल सहितको सग्रालय निर्माण गर्ने लक्ष्यका साथ हामिले काम गरीरहेका छौंं’ निर्माण समितिका अध्यक्ष बिश्वकर्माले भने यो प्रदेश नम्बर एककै नमूना बन्छ ।

दलितहरुको सिप तथा भेषभुषा सम्मका सामाग्रीहरु दलित सग्रहालयमा राखिने निर्माण समितिका कोषाध्यक्ष राजन खराङे दर्नालले बताए । नौमति वाजा जुता सिलाउने मेसिन,कपडा सिलाउने मेसिन जस्ता सामाग्रि राखिने कोषाध्यक्ष दर्नालले बताए ।
यता बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उक्त सग्राहलयको भवन बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन ।  उनले नगरपालिकाले भवन बनाई छाड्ने समेत प्रतिबद्धता ब्यक्त गरे । उक्त सग्रालयका लागि नगरपालिकाले डिपिआर नै तयार गरेर निर्माणमा लागेकाले भवन निर्माणका लागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले बेलबारीमै आदिवासिको समेत संग्रहालय बनाईने बताए ।