बेलबारीका प्रमुख प्रशासकिय अधिकृत दाहाल सहित पाँच जनालाई एकैसाथ विदाई

  • ६ बैशाख २०७६, शुक्रबार

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल सहित पाँच जना कर्मचारीलाई एक कार्यक्रमको आयोजना विदाई गरिएको छ । नगरपालिकाका प्रमुख १८ महिनाकाम गरेका प्रमुख दाहाल सहित अन्य ५ जनालाई विदाई गरिएको हो । दाहाल सुन्दरहरैचा नगरपालिकामा सरुवा भएका छन्  । त्यसैगरी रामचन्द्र गजुरेल, चन्द्रमणि लुईटेल, अमृत गिरि, कृष्ण न्यौपाने लगायतका कर्मचारीको विदाई गरिएको छ  ।

देश सघियतायमा गएसगै कर्मचारीको समायोजनपछि कर्मचारीहरुको सरुवा भएको हो । संघ, प्रदेश तथा स्थानिय तहमा समायोजनपछि कर्मचारीहरु आउने जाने क्रम वढिरहेको छ । बेलबारीमा लेटाङ नगरपालिकाबाट  प्रदिप शाह आउने भएका छन् ।

कर्मचारीकाहरुको विदाई गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले वेलवारीमा सिकेको सिप अन्यत्र प्रयोग गर्न समेत आग्रह गरे । यस्तै नगरपालिका उप प्रमुख ढाका कुमारी पराजुलीले पनि जहांँ भएपनि सिप आदान प्रदान गर्न जान लागेका कर्मचारीलाई आग्रह गरीन्।