बेलबारीमा शुरु भो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता, आठवटा टिम भिड्दै

  • १० बैशाख २०७६, मंगलवार

मोरङको बेलबारी नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ ।

मंगलबारदेखि बेलबारी रंगशालामा शुरु भएको प्रतियोगितामा टोल बिकास संस्थाका ८ वटा टिम सहभागी छन् । शनिवारसम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले उद्घाटन गरे ।

मंगलबार भएको उद्घाटन खेलमा सुन्दर टोल विकास संस्थाले खोरीया टोल विकास संस्थालाई १ –० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ । मंगलबार नै भएको दोस्रो खेलमा मालपोत टोल बिकास संस्था, विजुली अफिस टोल बिकास संस्था र शान्ति टोल विकास संस्थाको संयुक्त टिमले मिर्मिरे टोल बिकास संस्थालाई  १ – ० गोल अन्तरले जितेको छ ।

प्रतियोगिता अन्तरगत बुधबारको पहिलो खेल सहकारी र  भगवती टोल बिकास संस्थाको  टीम अनि  सिमपाने र भुमेडाँडा टोल बिकास संस्थाको टिमबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोश्रो खेलमा सम्झना, मैनाबारी र दोघडे टोल बिकास संस्थाको एक टोली र मिलीजुली र राधाकृष्ण टोल बिकास संस्थाको टोलीबिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।