ट्युबवेल वितरणमा अनियमितता, वितरण नै नगरेको आरोप

  • १५ बैशाख २०७६, आईतवार

दिपेन्द्र यादव, सुनसरी । ट्युवेल (कल) वितरणको नाममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले भ्रष्टाचार गरेको स्थानीयबासीहरुले आरोप लगाएका छन् ।

वडा स्तरीय योजना अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष यादव र वडा सचिव ब्रहमदेव साहको मिलोमतोमा ट्युवेल (कल) वितरणको नाममा भ्रष्टाचार गरेको भोक्राहा ७ का मण्डल समुदायका स्थानीयहरुले आरोप लगाएका हुन् ।

वडाध्यक्ष यादव र वडा सचिव साहले १ लाख रुपैँयाको वजेटमा १८ थान कल खरिद गरेपनि ४ थान मात्र वितरण गरेको स्थानीयवासीहरुले आरोप लगाएका छन् । वडाध्यक्ष यादवले गोलाहाय यादव, मनिचर खत्वे, मुकेश यादव, लक्ष्मी यादव गरी ४ जनालाई कल वितरण गरिएको स्वीकार गरेका छन् ।