बेलबारी आइडलको पहिलो चरणका दुई अडिसन सम्पन्न, ११ जना छनौट

  • १८ बैशाख २०७६, बुधबार

पहिलोपटक आयोजित बेलबारी आइडलको पहिलो चरणका दुई छुट्टाछुट्टै अडिसन कार्यक्रम सम्पन्न भएका छन्  ।

बुधबार  बिहान र दिउँसो भएको पहिलो अडिसनमा बेलबारी ५ र ६ बाट चार जना प्रतिभाहरू छनौट भएका छन् भने दिउँसोको अडिसनबाट ७ जना छनौट भएका छन् ।

बुधबार बिहान बेलबारी ६ स्थित सोमबारेमा भएको पहिलो अडिसन मा चार जना प्रतिभाहरू छनौट भएका छन् । छनौट हुनेमा बेलबारी वडा नं ५ का विकास विश्वकर्मा र मनिष भुसाल तथा  वडा नं ६ बाट इया राई र सुगम खत्री छन् । अडिसनबाट ४ जनाले वैकल्पिकमा नाम निकालेका छन् ।

त्यसैगरी बुधवार दिउँसो बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माध्यमिक विद्यालयमा भएको पहिलो चरणको दोस्रो अडिसनबाट ७ जना प्रतिभा छनौट भएका छन् । छनौट हुनेमा बेलबारी वडा नं. ८ की प्रेरिका गुरागाई र बीना थापा, वडा नं. ९ का यानबहादुर तामाङ, वडा नं. १० का प्रेम गुरुङ र सुजता निरौला र वडा नं. ११ बाट रवि दाहाल र विनुका बास्तोला छन् । अडिसनमा प्रतिस्पर्धीहरुको राम्रो सहभागिता थियो ।

दोस्रो चरणका छनौट कार्यक्रम २१ गते बेलबारी नगरपालिका परिसरमा नै रहेकोे आदिवासी जनजाति सभा हलमा र वडा नं. १,२,३ र ४ को लागि दिनको एक बजेबाट हुने छ ।

छनौट भएका प्रतिभाहरूलाई बन्द प्रशिक्षण तथा तालिम जेठ महिनाबाट सुरु गर्ने र छनौट सकिएसँगै प्रशिक्षणको मिति तोक्ने आयोजक स्रष्टा समाजका कार्यक्रम संयोजक जे बी थुलुङले जानकारी दिए ।