धनकुटालाई प्रादेशिक राजधानी बनाउने पक्षमा मतदान गर्न धनकुटेलीहरुको आग्रह

  • १९ बैशाख २०७६, बिहीबार

धनकुटा /  धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन प्रदेश सांसदहरुलाई मदतान गर्न अनुरोध गर्दै धनकुटामा प्रचारात्मक र्याली र अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
१ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउन प्रदेश सभाका सम्पूर्ण ९३ जना सांसदहरुलाई प्रदेश नम्वर १ को राजधानी सम्पूर्ण हिसावले ज्यादै उपयुक्त रहेकोले धनकुटाको पक्षमा मतदान गर्न आग्रह गर्दै गरिएको प्रचारात्मक ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरेको थियो ।
प्रचारात्मक ¥यालीपछि पत्रकार महासंघ धनकुटाको संचार हलमा धनकुटा प्रादेशिक राजधानी परिचालन समितिका संयोजक सुन्दर बाबु श्रेष्ठको अध्यक्षतमा भएको अन्र्तक्रिया कार्यक्रमम धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे,  उपाध्यक्ष सिताराम श्रेष्ठ, मन कुमारी तितुङ्क, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष विजय सन्तोषी राई, अभियान्ता सुजनभाई जोशी, नेपाल भूतपूर्व सैनिक संघ धनकुटका अध्यक्ष धन वहादुर खड्का, धनकुटा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष होमप्रसाद अधिकारी लगायतले धनकुटालाई राजधानी बनाउन प्रदेश सभाका सांसद ज्यूलाई आग्रह गर्दै अभियान सशक्त बनाउदै जानु पर्नेमा जोड दिए ।
सो अवसरमा धनकुटा प्रादेशिक राजधानी अभियान समितिका अभियान्तहरु शंकर दाहाल, बालानन्द भुर्तेल,  सत्य नारायण श्रेष्ठ, सावित्रा बान्तवा, सरोज श्रेष्ठ, मनोज जोशी, आङदावा शेर्पा, कुमार श्रेष्ठ, मञ्जु आर्चाय, दुर्गा शिवा, सुजित प्रधान, राजेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, सचिव विदुर खवास, सहसचिव हरी वहादुर लम्जेल, पत्रकारहरु बिनोद घिमिरे, नरेन्द्र कस्चित, विकास घिमिरे, नारायण कुमार राई, कविराज घिमिरे लगायत अभियान्ता तथा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले धनकुटालाई राजधानी बनाउन अन्तिम र निर्णायक अभियान संचालन गर्नु पर्ने र यसमा सवैले सहयोग गर्न आग्रह गरे ।
धनकुटा प्रादेशिक राजधानी अभियान समितिले बैसाख २१ गते धनकुटामा धनकुटालाई प्रादेशिक राजधानी बनाउनका लागी प्रदेश सभाका सांसदहरुलाइइ आग्रह गर्दै वृहत सदभावना ¥याली गर्ने  बिहीबार भएको  अभियान समितिको भेलाले निर्णय गरेको अभियान समितिका सदस्य विजय सन्तोषी राईले वताए ।
सदभावना ¥यालीलाई व्यापक रुपमा सफल बनाउन विभिन्न किसिमका अभियान र प्रचारात्मक कार्यक्रमहरु सवैले संचालन गरीरहेको र ¥यालीमा सहभागीताका लागी सवै धनकुटेलीहरुलाई हार्दिक अनुरोध गरिएको परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले वताए  ।
विजय राई,धनकुटा