जातजातिको मौलिक संस्कार र संस्कृति प्रर्बद्धन गर्न बेलबारीमा तीनदिने प्रर्दशनी हुँदै

  • २० बैशाख २०७६, शुक्रबार

आदिबासी जनजाति मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा तीनदिने प्रर्दशनी गरिने भएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा प्रर्दशनी कार्यक्रम आयोजना गरिने भएको हो । बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीस्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने प्रर्दशनीमा राष्ट्रिय तथा स्थानीय कलाकार को प्रस्तुुतिको साथै जातिय तथा सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिने छ ।

बिहीबार आयोजकले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रदर्शनी कार्यक्रमको नारा  “शास्त्र हराए संस्कृति हराउँछ,संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाति हराउँछ” भन्ने रहनेछ । प्रदर्शनी कार्यक्रम संयोजक कुमार बोखिमले दिनुभएको जानकारी अनुसार प्रर्दशनीमा १६ वटा जातिय संस्थाका ३२ वटा स्टल रहनेछन् । बेेेलबारी नगरपालिका क्षेत्रमा रहेेेका जातिहरुले राख्ने स्टलहरुमा हरेक जातिका खानाका परिकार अनि जन्मदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गरिने सामाग्रीहरु राखिने नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका सचिब मनकुमार गुरुङले जानकारी दिए ।
कार्यक्रमका लागि बेलबारी नगरपालिकाले ४ लाख बजेेट सहयोग  गर्नेछ । कार्यक्रमका लागि ४ लाख ५० हजार खर्च हुुने र अपुग रकम आयोजकले नै ब्यहोर्ने गुरुङले बताए ।

लोप हुँदै गएको भाषा, रहनसहन र सँस्कृतिको संरक्षण एवम्  जातिय पहिचानका लागि प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषदका अध्यक्ष तिलक राईले बताए ।