कपडा तथा सिलाई व्यवसायी महासंघ प्रदेश नं.१ को भेला तथा प्रशिक्षण बेलबारीमा सम्पन्न

  • ३१ बैशाख २०७६, मंगलवार

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको प्रदेश नं.१ स्तरीय प्रदेश भेला तथा प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।

मोरङ बेलबारी १  स्थित मदनमोहन साँस्कृतिक भवनमा सोमबार भएको कार्यक्रममा प्रदेश नं १ का बिभिन्न जिल्लाबाट उपस्थित भएका भण्डै २ सय कपडा सिलाई व्यवसायीहरुको प्रतिनिधित्व थियो ।  कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले व्यबसाय सम्बन्धी बिभिन्न पक्षका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा केहि सफल व्यबसायी, उत्कृष्ठ महिला उद्यमीहरुलाई खादा र मालले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा इटहरीका भाइजंग बर्देवा, ताप्लेजुङका मिलन नेपाली, झापाकी रिता नेपाली, उदयपुरकी बुद्धि कुमारी तुम्बाहाम्फे रहेका छन । कार्यक्रम सह–संयोजक तथा केन्द्रिय सदस्य राजन दर्नालले कार्यक्रमको ओचित्य माथि प्रकास पारेका थिए भने कार्यक्रमको सभापतित्व प्रदेश संयोजक हरी पोख्रेल दर्जीले गरेका थिए भने महासंघ उपाध्यक्ष दिपक तीखत्री, सचिव फिरोज अलि, कोषाध्यक्ष सरोज कट्वाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका विशिष्ट अथिती पुर्व सांसद तथा नेकपा केन्द्रिय सदस्य गुरु बरालले सिप चल्ने तर पानी नचल्ने जमानाबाट आज इतिहास बदलिएसँगै अहिलेको नयाँ पुस्ता व्यबसायमा नयाँ प्रबिधि अवलम्बनका साथ अब्बल दर्जामा पुग्न सफल भएको बताए । हिजो कपडा सिलाउने खास जात भएपनि आज सबै जातिले यो पेशा अपनाएको भन्दै बरालले कपडा तथा सिलाई व्यवसायी संघ बाट महासंघमा रुपान्तरीत भएर अझ व्यवसायीक भएको बताए ।
बेलबारी नगरपालिकाको बिषेश सहयोगमा भएको कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यबसायी महासंघ प्रदेश न. १ कै आयोजनामा भएको थियो ।