उपचार अभावमा थलिइन् बेलबारीकी एक वृद्धा, उपचार गराउन स्थानीयबासी सक्रिय 

  • ३१ बैशाख २०७६, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/ उपचारकाे अभावमा एउटा खुट्टा पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेकी बेलबारीकी एक वृद्धाकाे उपचार गराउन स्थानीयबासी सक्रिय भएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती सिंहदेवीकी ९४ वर्षीय वृद्धा पूर्णमाया मगर विगत लामाे समयदेखि थला परेकी भए पनि परिवारकाे कमजाेर अार्थिक अवस्थाका कारण उपचार नपाएकाे खवर सार्वजनिक भए पछि स्थानीयहरु उनकाे उपचारमा एकजुट भएका हुन् ।

अामा सुरुमा दुवै खुट्टा निदाउथ्याे, केहीदिन पछि दाहिने खुट्टा जाति भयाे तर देव्रे खुट्टा भने जाति भएन । अहिले भने देव्रेखुट्टा काम गर्ने अवस्थामै छैन । अाज राति त पिडुलामुनिकाे भाग पूर्ण रुपमा झरेर गएकाे छ । उनकाे अवस्था वुझ्न गएका पत्रकार तथा स्थानीयसँग पूर्णमायाकी छाेरी हर्कमाया मगरले यसाे भनिन् ।

कमजाेर अार्थिक अवस्था भएका कारणले अाफ्नाे एक्लाे प्रयासले सम्भव नहुने हुँदा अामाकाे उपचारमा सहयाेग गरिदिन समेत छाेरी हर्कमाया सबैसँग अाग्रह गर्छिन ।

बेलबारी नगरकार्यपालिका सदस्य खिना थापाले “यस्ताे अवस्था छ भनेर जानकारी नै भएन । अामाकाे अवस्था नाजुक रहेछ । जतिसक्ताे चाडाे अामालाई उपचार गराउने पर्ने देखियाे । अहिले हामी सबै लागेर उनकाे उपचारमा लागेका छाै । विरामीलाई अहिले वार्ड कार्यालय, वागदेवी सामुदायिक वन तथा स्थानीयकाे सहयाेगका घाेपा पठाईएकाे” वताईन ।

वृद्धा पूर्णमाया अहिले बाेलचाल गर्ने सम्मकाे अवस्थामा छिन्  ।

स्थानीय भने लामाे समयदेखि धामी झाक्रीकै भरले गर्दा थला परेकी वृद्धाले उपचार पाए पछि उनकाे अवस्थामा पनि सुधार अाउने अासा गरेका छन् ।