धनकुटाका ६० वटै वडाहरुमा खटिए नेपाली कांग्रेसका प्रतिनिधिहरु

  • ३ जेष्ठ २०७६, शुक्रबार

राष्टिय जनजागरण अभियानका लागी धनकुटाका ६० वटै वडाहरुमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधिहरुसंग वडामा गएर गर्नु पर्ने कामको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली कांग्रेस राष्टिय जनजागरण अभियानका केन्द्रिय प्रतिनिधि पूर्व मन्त्री दिपक खड्काले ६० वटै वडामा खटिनु भएका प्रतिनिधिहरु,जिल्ला,क्षेत्र,नगर ,गाउ र वडा का पदाधिकारीहरु र सदस्यहरुलाई राष्टिय जनजागरण अभियानको वारेमा जानकारी दिदै जनजागरण अभियान मार्फत कांग्रेस नया ढंगबाट सशक्त र क्रियाशिल हुने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभाका सांसद लिला सुब्बा, नेपाली कांग्रेस धनकुटका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ लगायतले गाउ गाउमा नेपाली कांग्रेसलाई सशक्त र क्रियाशिल बनाई कांग्रेजनमा उर्जा पैदा गर्नु पर्ने वताउनु भयो । भने सचिव विजय सन्तोषी राई राष्टिय जन जागरण अभियानको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा पार्टीका उपसभापति नविन किशोर शाक्य,कोषाध्यक्ष दिनेश राई लगायत जिल्ला कार्य समितिका सदस्यहरु,क्षेत्र नं. १ का क्षेत्रिय सभापति जितेन्द्र राई ,क्षेत्र नं. २ का सभापति इन्द्रिरा थापा लगायत क्षेत्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु नगर तथा गाउ पालिकाका पदाधिकारी तथा सदस्यहरु र ६० वटै वडामा खटिनु भएका प्रतिनिधिहरुको सहभागीता रहेको पार्टी सचिव विजय सन्तोषी राईले वताउनु भयो । सो अवसरमा धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका नेकपाका नगर कमिटिका सदस्य सोभित काफ्ले सहित वडा नं. ९ का नेकपाका नेताहरु मान वहादुर कार्की र गंगा वरालले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रदेश गर्नु भएकोले उहाहरुलाई केन्द्रिय प्रतिनिधि पूर्व मन्त्री दिपक खड्काले पार्टी सदस्यता प्रदान गर्नु भएको र जिल्ला सभापती अग्नी प्रसाद पौडेल,पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य सांसद लिला सब्बा,उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई ,कोषाध्यक्ष दिनेश राईले टिका तथा खादा लगाई स्वागत गर्नु भएको थियो । सो अवसरमा पार्टी प्रवेश गर्नु हुने सोभित काफ्ले नेकपाबाट विकास र समृद्धी सम्भव नहुने भएकाले कांग्रेसमा प्रवेश गरेको वताउनु भयो ।
धनकुटा जिल्लाको ६० वटै वडामा खटिनु भएका प्रतिनिधिहरुले सात दिन सम्म वडामानै वसी छलफल अन्र्तक्रिया लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरी केन्द्रिय प्रतिनिधि र जिल्ला पार्टी कार्यालयमा प्रतिवेदन बुझाउने कार्यक्रम समेत रहेको पार्टी कोषाध्यक्ष दिनेश राईले वताउनु भयो

विजय राई,धनकुटा