बेलबारी वडा नम्बर १ दोस्रो मेयरकप फुटबलको फाइनलमा

  • ७ जेष्ठ २०७६, मंगलवार

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा बेलबारी १ प्रबेश गरेको छ ।

सोमवार भएको सेमिफानल खेलामा बेलबारी ४ लाई २–१ गोल अन्तरले हराउदै एक नम्बर फाइनलमा प्रबेश गरेको हो । गत बर्षको विजेता वडा नम्बर १ यो वर्ष पनि फाइनलमा प्रबेश गरेको हो।

‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा सहित भएको मेयर कप प्रतियोगिताका विजेता टिमले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।  उपविजेता टिमले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।