चर्कियो देवीझोडास्थित बुद्ध माविको प्रधानाध्यापक बिवाद, सुवेदीद्वारा प्रअबाट राजीनामा

  • ११ जेष्ठ २०७६, शनिबार

मोरङको केराबारी ९ देवीझोडास्थित बुद्ध माबिको प्रधानाध्यापक बिवाद चर्कदै गएको छ ।

प्रावि दरबन्दीका शिक्षक खगेन्द्र सुवेदीलाई शिक्षा ऐन बिपरित मापदण्ड मिचेर प्रधानाध्यापक बनाइएको भन्दै स्थानीय केही युवाले सामाजिक संजाल फेसबुक मार्फत बिरोध गरेपछि शुरु भएको बिवाद बढ्दै गएको हो ।

केही महिनाअघि विद्यालय ब्यबस्थापन समितिले साबिक प्रधानाध्यापक सरुवा भैई अन्यत्र गएपछि सुवेदीलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियोे । श्रोतका अनुसार मावि दरबन्दीका शिक्षक छवि धमलालाई  हालसम्म निमित्त प्रधानाध्यापकको जिम्मेवारी समेत दिने गरिएको  छैन ।

तल्लो तहका शिक्षकलाई माविको प्रधानाध्यापक  बनाउन गाउँमा हुने सबैथरी मान्छे दोषी छन् भने झैँ गरी एक दुई जनाले फेसबुकमा स्टाटस पोष्ट गरेको कतिपय स्थानीयले आरोप लगाएका छन्  ।

 सुवेदीले भने फेसबुक मार्फत नै स्टाटस र पुर्बाग्रहमा आधारित भएर बदनाम गर्न खोजिएको बताएका छन् । उनले यो विषयलाई नियम कानुनले नै  टुंगो लगाउने बताएपनि उनले नैतिकताका आधारमा प्रधानाध्यापक पदबाट शुक्रबार (जेठ १० गते) राजीनामा दिएका छन् । तर राजीनामाबारे ब्यबस्थापन समितिले छिनोफानो गरिसकेको छैन ।