झण्डै १ करोड सरकारी लागतमा केराबारी ९ र ६ मा बन्ने भए ३० वटा घर

  • १६ जेष्ठ २०७६, बिहीबार

प्रदेश र केन्द्र सरकारको जनता आवास कार्यक्रम अन्तरगत मोरङ केराबारीका दुई स्थानमा ३० वटा घर निर्माण हुने भएका छन् ।

केराबारी गाउँपालिका वडा नं. ९ को बेलचौरीमा २० वटा र वडा नं. ६ को दलित बस्तीमा १० वटा आवास बन्नेे भएका हुन् । केराबारी गाउँपालिकाका अनुसार जनता आवास कार्यक्रम अन्तरगत ती तीस घरहरू बनाउन ९८ लाख ७० हजार बजेट बिनियोजन भएको छ । आवास निर्माणका लागि प्रतिघर ३ लाख २९ हजारका दरले बजेट बिनियोजन भएको केराबारी ८ का वडा अध्यक्ष मनोज खड्काले जानकारी दिए ।

विहीवार वडा नं. ९ को बेलचौरीमा रहेको मुसहर तथा दलित बस्तीमा गााउँपालिका उपाध्यक्ष शान्तिकुुमारी लिम्बु सहित जनप्रतिनिधिहरुको टोलीले वस्तीको अवलोकन गरी मुुुसहर बस्तीको विवरण संकलन गरेको छ ।

वस्ती अवलोकन कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, गाउँपालिकाका प्रवक्ता जंगराज भुजेल,वडाध्यक्षहरु मनोज खड्का,नारायण चेम्जोङ, भुपतिन्द्रप्रताप मल्ल,कार्यपालिका सदस्य मनमाया मगर,वडा सदस्य नरबहादुर मगर,दोर्ण मगर लगायतको उपस्थिति रहेको थियो । बस्ती निर्माण हुने स्थानको टुंगो लागेकोले चाँडै आवास निर्माण हुने उपाध्यक्ष लिम्बुले बताइन् । उनका अनुसार बस्ती निर्माणका लागि निर्माण समिति तथा सहयोग समिति पनि गठन भइसकेको छ ।