बेलबारी वडा नम्बर ९ मा नयाँ एम्बुलेन्स, चारवटा वडाका बासिन्दालाई फाइदा

  • १७ जेष्ठ २०७६, शुक्रबार

बेलबारी नगरपालिका वडा नम्बर ९ को खुटिया युवा क्लबले ल्याएको नयाँ एम्बुलेन्सको उद्घाटन गरिएको छ ।

एम्बुलेन्सले बेलबारी नगरपालिका वडा नम्बर ८, ९, ७ र ६ नम्बर वडामा सेवा प्रदान गर्नेछ । बिहीबार भएको उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली, ९ नम्बर वडा अध्यक्ष नगेन्द्र खड्का लगायतको सहभागिता रहेको थियो ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उक्त एम्बुलेन्सको उद्घाटन गरेका छन्  । उद्घाटन गर्दै मेयर सुवेदीले सामाजिक संघ सस्थाको भुमिकाले सम्बृद्ध नगर बनाउन सहज हुने बताए । उनले ग्रामिण क्षेत्रमा विरामी परेकाहरलाई छिटै एम्बुलेन्स मार्फत अस्पताल पुर्याउन सहज हुने बताए ।