प्लाष्टिक झाेलामूक्त नगर घाेषित भयो बेलबारी नगरपालिका, रोपिए बेलका बिरुवा पनि

  • २३ जेष्ठ २०७६, बिहीबार

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले बुधबार  एक कार्यक्रमविच नगरलाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे छ ।

४६ औं  विश्व वातावरण दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे साे कार्यक्रममा नगरपालिकालाई प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गरेकाे हाे ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमविच नगरलाई झाेलामूक्त भएका घाेषणा गरेका थिए ।

साे घाेषणा कार्यक्रममा नपालिकाकी उपप्रमुख उपप्रमुख ढाकाकुमारी पराजुली, पूर्व सांसद हर्कमान तामाङ नेकपाका नगरसंयाेजक ईरान राई, अादिवासी जनजाती महासंघका तिलकप्रसाद राई लगायतकाे सहभागित रहेकाे थियाे ।

प्लाष्टिक झाेलामूक्त नगरकाे रुपमा घाेषणा गर्दै प्रमुख अतिथि बेलबाराी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले नगरलाई वातावरणमैत्री वनाउन प्लाष्टिकमूकत वनाउनु परेकाे वताए ।

साथै नगरप्रमुख सुवेदीले सबैलाईअा-अाफ्ना जिम्वेवारी भूमिका निभाउन अाग्रह समेत गरेका थिए ।

साे कार्यक्रममा सांकेतिक रुपमा कपडाकाे झाेला वितरण गरिएकाे थियाे । कार्यक्रममा प्लाष्टिक झाेलामूक्त वनाउन विशेष सहयाेग पुर्याउने विभिन्न महानुभावहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, पूर्व सांसद हर्कमान तामाङ, बेलबारी उद्याेग वाणिज्य महासँगका उपाध्यक्ष राजेशजङ्ग कार्की, नेकपा नगर संयाेजक ईरान राई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

बुधबार नै बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे अमना सिसाैली सामुदायिक वनले विश्व वातावरण दिवसकाे अवसर पारेर ४६ वटा बेल बनस्पतिका बिरुवा रोपिएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।