डेंगुको प्रकोपविरुद्ध सचेतना अभियान चलाउँदै बेलबारी नगरपालिका

  • २६ जेष्ठ २०७६, आईतवार

उत्तम पोख्रेल / बेलबारी १० का रन बहादुर खडका उमेरले ६५ बर्ष भन्दा माथि पुगि सके । उनलाई डेंगु रोग वारे अघिल्ला बर्षहरुमा थाहा थिएन । अहिले जता सुकु डेंगुका कारण बिरामी बढे भनेको सुन्दा अच्मम लागेको भन्दै उनि बेलबारी नगरपालिकाले डेंगु लाग्ने लक्ष्ण रोकधाम तथा बच्ने उपायाहरु समबन्धि नगरवासिलाई जानकारी गराउन बिरेन्द्र चोकमा गरेको कार्यक्रम आतिदै आई पुगे ।
धरानमा डेंगुका रोगि बढे भन्ने सुनेको छु, उनले तहाँ पुगेका स्वास्थय कर्मीलाइ यो रोग कसरी र कति उमेरका लाई लाख्छ भन्दै उनले चासो दिईरहेका थिए । उनले सोधेको जवाफ दिदै बेलबारी नगारपालिकाका स्वास्थय सयोजक सन्तोष विश्वकर्माले डेंगु ज्वरो एडिस एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने संक्रमक सरुवा रोग हो भन्दै उनलाई सुनाइरहेका थिए । विश्वकर्माले उनलाई मात्रै होईन त्यहाँ भेला भएका वडावासिलाई विश्वर्काले सफा पानी जमेका स्थानमा फुल पार्ने भएको भन्दै घरमै भएको फ्रिज, पुजाका सामाग्रि,पुराना टायर, गमला पानिका ट्याकि सफा गर्न सुझाव दिइरहेका थिए यतिकैमा उनको जस्तै उमेर भएको बम बहादुर तामाङले चनाखो हुदै यो रोग लाग्यो भने एक दुई बर्षता वाचिन्छ निभन्दै प्रश्न गरिरहेका थिए । विश्वकर्माले एडिस एजिप्टाई जातको लामखुट्टेको जस जसलाई टोक्छ उसैलाई रोग लाग्ने र यसको उपचार गर्न समेत उनले जानकारी गराए ।
केटा केटी देखी बृद्ध सम्मका मानिसहरुमा डेंगु रोगका बारेमा सामान्य ज्ञान समेत नभइरहेका बेला नगरपालिकाले चासो दिएर टोल टोलमा गएर जानकारी गराउन थालेको छ । डेंगु लागि हाल्यो भने मरिनछ होला हैन सर भन्दै मलाई सोध्दै दैनिक चार पाँच जना आउछन् स्थानिय एक वोडिङ स्कुलका प्रिनसिपल कृष्ण गौतमले भने धरानमा महामरीको रुप लिए पछि यता पनि आतिन थालेका थिए । बैशाख ३० गते देखि धरानमा देखिएको डेंगु प्रकोप नियन्त्रण बाहिर गए पछि दुई वडालाई डेंगु संकटग्रस्त वडा घोषणानै गरिएको छ । धरान उपमहानगरपालिकाको वडानं. १५ र ८ नम्वरलाई स्वास्थ्यमा आपतकालिन अवस्था डेंगु संकटग्रस्त वडा घोषणा गरिएको विशेषा अभियान नै संचालन गरेको छ । धरान उपमहानगरपालिकाको वडानं.१५, ८, १३ र ९मा डेंगु संक्रमितनै भेटिएका छन् । धरान पछि जतासुकै डेंगुको चर्चा भइरहेको समेत उनले बताए । रोग लाग्नु भन्दा लाग्न नदिन टोल टोलमा चेतना मुलक कार्यक्रम गरिरहेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बेलबारी नगरपालिकाले भने लामखुटे विरुद्धको औषधि छिट्न सुरु गरेको छ ।
एक्कासी उच्च ज्वरो आउनु, आखाँको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्नु, शरिरमा बिमिरा आउन, जोर्नी, हडि तथा मांसपेशीहरु दुख्नु डेंगुका मुख्य लक्ष्यणहरु हुन । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नुनै सवै भन्दा ठुलो उपचार हुने स्वास्थयकर्मीहरु बताउछन् । घरवरीपरि सरसफाई राख्ने दिउसो पुरै बाउला भएको लुगा लगाउनाले समेत डेगु वाट बच्न सकिने स्वास्थय कर्मीहरुले बताएका छन् ।