बेलबारीमा एकैचोटी बन्न थाले तिन वटा स्वास्थ्य चौकीका भवन 

  • १० असार २०७६, मंगलवार

बेलबारी नगरपालिकामा तिन वटा स्वास्थ्य चौकीको निर्माण कार्य एकै पटक सुरु गरिएको छ ।

वडा नम्बर ११,८ र ४ नम्बर वडामा एकैपटक ल्याव सहितिका स्वास्थ्य चौकी निर्माण गर्न थालिएको हो। शनिवार ८ नम्वर वडामा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । अन्य दुई वटा वडामा समेत भवन निर्माणको काम थालिएको नगरपालिकाले जनाएको छ ।

नयाँ बन्ने प्रत्येक भवनमा ल्याव, शौचालय, विरामीले आराम गर्ने कक्ष सहित ५ कोठा हुने छन् । स्वास्थ्यको पहुंँच नपुगेका वडाका सेवा दिने उदेस्यले स्वास्थ्य चौकी निर्माण गर्न थालिएको बेलबारी नगरपालिकाका मेयर सुवेदीले बताए । उनले उपचार नपाई कोहि पनि नगरवासीलाई रोगिएर थला पर्न र मर्न नदिने समेत उद्घोष गरे । बेलबारीमा एक प्रथमिक स्वास्थय केन्द्र , ३ स्वास्थय चौकी र २ वटा शहरी स्वास्थय केन्द्र छन ।