मोरङ पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा, प्रदेश मन्त्री आङ्वोले उद्घाटन गर्ने

  • १२ असार २०७६, बिहीबार

बेलबारी नगरपालिकाको सहयोगमा मोरङ भरीका स्थानीय तहहरुको सहभागितामा हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कपको तयारी अन्तिम चरणमा पुगेको छ ।

असार १३ देखि २१ गतेसम्म हुने मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले गर्ने कार्यक्रम तय भएको छ ।
प्रतियोगितामा जिल्लाका ११ वटा स्थानीय तहका  १२ टीम सहभागी हुने छन् ।

प्रतियोगितामा बिजयी टिमलाई १ लाख ५१ हजार तथा उपबिजेतालाई १ लाख १ हजार नगद सहित मेडल र ट्रफी उपलब्ध गराउने आयोजक मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप आयोजक समितका  सचिव मिलन राईले जानकारी दिए ।

आयोजकका अनुसार शुक्रबार हुने उद्घाटन खेलमा आयोजक बेलबारी निलो र केराबारी गाउँपालिकाको टिमबीच प्रतिस्पर्धा हुने पुर्व कार्यक्रम भएपनि विशेष कारणबस बेलबारी निलोको स्थानमा कानेपोखरी गाउँपालिका खेल्दैछन् । १५ गते बेलबारी निलो खेल्ने  सचिव राइले जानकारी दिए ।

स्मरणीय के भने अघिल्लो बर्षबाट मेयरकप आयोजना गर्न थालेको नगरपालिकाले गत बैशाखमा पनि बेलबारी नगरभरीका वडाहरुको प्रतिस्पर्धामा दोस्रो मेयर कप आयोजना गराएको  थियो ।

यो पनि ….

बेलबारीमा हुनेभो मोरङ जिल्ला अन्तर पालिका स्तरीय मेयर कप