ऐतिहासिक पर्यटकीय स्थल धनपाल गढीकाे बिकासका लागि स्थानीयबासीले बुझाए ज्ञापन

  • ३ श्रावण २०७६, शुक्रबार

बेलबारीमा रहेकाे एेतिहासिक पर्यटकीय क्षेत्र धनपाल गढिकाे डिपिअारकाे विषयलाई लिएर स्थानीयहरुले  नगरपालिकामा ध्यानाकर्षण पत्र वुझाएका छन् ।

बेलबारी नगरपालिका वार्ड नं ५ मा रहेकाे एेतिहासिक धनपाल गढी विकास गर्न नगरपालिकाले हालसालै मात्र डिपिअार सार्वजनिक गरेकाे थियाे ।

नगरपालिकाले तयार पारेकाे डिपिअार (बृहत् कार्ययाेजना प्रतवेदन) मा एउटा मूख्यद्वार र दुईवटा अाकस्मिक द्वारहरु रहेकाेमा स्थानीयहरु पहिलाकाे झैँ तीनवटै द्वार रहनु पर्ने माग रहेकाे छ ।

स्थानीयकाे तर्फबाट ध्यानाकर्षणपत्र वुझाउँदै बेलबारी नगरपालिका वार्ड नं ५ का ध्यानबहादुन वमले धनपाल गढि एेतिहासिक तथा पुरातात्विक क्षेत्र मात्र नभएर अाफूहरुकाे अास्थाकाे केन्द्रविन्दु समेत भएकाेले डिपिअारमा भनिए अनुसारकाे भएमा स्थानीयलाई पुजापाठ गर्न अप्ठ्याराे हुने देखिएकाेले वेलैका सचेत गराएकाे वताए ।

स्थानीयहरुले वुझाएकाे ध्यानाकर्षण पत्र वुझ्दै नगरपालिकाका उपप्रमुख ढाकाकुकारी पराजुलीले स्थानीयहरुकाे सराेकार जायज रहेकाेले वसेर यसवारेका सल्लाह गर्ने वताईन ।

साथै यस्ता स्वजनिक सराेकारका विषयमा सवैकाे सराेकार हुनु जरुरीी रहेकाे उपमेयर पराजुलीकाे मत रहेकाे छ ।