सुन्दरहरैंचामा सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण, लाेकार्पण कार्यक्रममा आएनन् वडाका प्रतिनिधि

  • १२ श्रावण २०७६, आईतवार

केशु विरही, सुन्दहरैंचा, माेरङ/ मोरङको सुन्दरहरैंचामा  सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले  एक कार्यक्रमविच सुन्दरहरैंचा नगरपालिका वार्ड नं ११ र १२ काे सिमानामा रहेकाे शुक्रबारे बजारमा निर्माण गरिएकाे विश्वशान्तिका प्रतीक भगवान गाैतमबुद्धकाे वाल स्तम्भको उद्घाटन गरेका छन्  ।

सिद्धार्थ गाैतम बाल स्तम्भ निर्माण उपभाेक्ता समितिका अध्यक्ष जयबहादुर श्रेष्ठले दिएकाे जानकारी अनुसार स्तम्भ निर्माणमा सुन्दरहरैंचा नगरपालिकाकाे ४ लाख ७५ हजार र शुक्रबारे स्थायी घर भै हाल राेजगारकाे सिलसिलामा देश विदेशमा रहेका स्थानीयहरुबाट संकलित रकम गरी कुल रु ८ लाख ५६ हजार ४ सय २१ खर्च भएकाे छ ।

सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले शुक्रबारे चाेक वुद्धकाे वाल स्तम्भ निर्माणपछि   झनै परिचित हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढकालले नगरपालिकामा “सुन्दरहरैंचा विकासकाे बगैँचा” भन्नेे नारा अनुसार काम भैरहेकाे वताए ।

स्तम्भ लाेकार्पण समाराेहमा दुवै वडाका जनप्रतिनिधिहरु भने सहभागी थिएनन् ।

स्थानीयकाे सक्रियतामा सम्पन्न भएकाे यति महत्वपूर्ण कार्यक्रममा वडा सरकारका प्रतिनिधिकाे अनुपस्थितिले उद्घाटन कार्यक्रमलाई खल्लाे तुल्याएकाे आयाेजकले बताएका छन् । केही स्थानीय बासिन्दाले राजनीतिक मामिलाका कारण वडाका जनप्रतिनिधिहरुले कार्यक्रम बहिष्कार गरेको बताएका छन् । तर वडाका जनप्रतिनिधि नआउनुको खास कारण भने खुल्न सकेको छैन ।