रुद्राक्षमा फर्टिलाईजर प्रयाेग गर्न पाउनुपर्ने पक्षमा कृषक, प्रतिबन्ध लगाउन लविङ गर्दै व्यापारी

व्यवसायीकाे मनाेपाेली हटाउन कृषकहरु एकजुट हुँदै

  • ३० श्रावण २०७६, बिहीबार

केशु विरही, सुन्दरहरैंचा, माेरङ/ केही व्यवसायीहरुले रुद्राक्ष उत्पादनमा फर्टिलाईजरकाे प्रयाेगमा वन्देज लाउनु पर्छ भनेर कुरा चलिरहँदा कृषकहरुले भने त्यसकाे विराेध जनाएका छन्  ।

फर्टिलाईजरले वातावरणमा समस्या पार्ने भन्दै केही व्यवसायीहरु प्रदेश सरकार समक्ष पुगेपछि केही कृषकहरुले पत्रकार सम्मेलन नै गरेर त्यसकाे विराेध जनाएका हुन् ।

रुद्राक्ष कृषकमध्येका भक्तकिरण राई,  सङ्खुवासभाका तिर्थ दाहाल र अचल जति लगायतले पत्रकार सम्मेलन गरेर उक्त कुराकाे विराेध जनाए ।

पत्रकार सम्मेलनमा बाेल्दै रुद्राक्ष उत्पादक कृषक भक्तकिरण राईले केही मुठ्ठीभरका व्यवसायी सङ्घका व्यक्तिहरुले अाफ्नाे एकाधिकार घट्ने डरले फर्टिलाईजरकाे प्रयाेगमा प्रतिवन्ध लगाउन उध्यत रहेकाे दाबी गरे ।

सुन्दरहरैंचा नगरपालिकाका नगरकार्य समिति सदस्य समेत रहेका राई अाफूले व्यवसायकाे रुपमा नभए पनि भाेजपुर र माेरङमा गरेर लगभग १८ राेपनी क्षेत्रफलमा यसकाे खेती गरेकाे  र रुद्राक्षकाे सम्भावना भने राम्राे रहेकाे वताए ।

अाफूहरुले कृषि प्राविधिककै सल्लाह अनुसार नै फर्टिलाईजर प्रयाेग गरिरहेकाे हुनाले यसकाे प्रयाेगले वातावरणमा कुनै असर नगर्ने वरु यसले उत्पादनमा वृद्धि गर्ने उनीहरुकाे मत रहेकाे छ ।

उता सडानन्द गाउँपालिकामा फर्टिलाईजरकाे प्रयाेगलाई यश अघि नै प्रतिवन्ध लगाएकाे छ । केही मुठ्ठीभरका व्यवसायीकाे प्रभावमा परेर याे काम भैरहेकाे उनीहरुकाे अाराेप रहेकाे छ  ।

त्यही समूह प्रदेश सरकारलाई पनि प्रभावमा पारेर प्रतिवन्धलाई प्रदेशसरकारबाट वैधानिकता दिलाउने दाउमा रहेकाेले अाफूहरुले राज्यलाई सचेत गराउनकै लागि याे पत्रकार सममेलन गरेकाे उनीहरु वताउछन् ।  

पत्रकार सम्मेलनमा भक्तकिरण राई, तिर्थ दाहाल र अचल जति सहभागी थिए ।

विविध कारणले अरु कृषकहरु सहभागी हुन नसके पनि आफूहरुले अधिकांक्ष कृषककाे प्रतिनिधित्व गरेकाे सङ्खुवासभाका रुद्राक्ष  कृषक तिर्थ दाहाल वताउछन् ।

सामान्यतया रुद्राक्षका अन्धमुखी, मुखद्वार, ज्वाला, त्रिपाट पन्चमूखि अादि प्रकारहरु रहेका छन् । रुद्राक्षका यी प्रकारमध्ये पन्चमूखि चाईनिजहरुकाे राेजीमा रहेकाे जानकारहरु वताउँछन् । चाईनिजले पन्चमूखि भित्र पनि  चिल्लाे थेप्चाे दानालाई मात्र राेज्ने गरेकाे, उनीहरु अाफूहरुले राेजेजस्ताे रुद्राक्ष नपाएर गुनासाे लिएर फर्किने गरेकाेले अाफूहरुले त्याे मागलाई संवाेधन गरिरहेकाे उनीहरुकाे मत रहेकाे छ ।

यस्ता रुद्राक्षकाे बजारमूल्य प्रतिकेजी दुईहजार देखि ८/९ लाखसम्म हुने गरेकाे वताईन्छ ।