सशस्त्र प्रहरीले धनकुटामा आयोजना गर्यो रक्तदान, ६४ प्रिन्ट रगत संकलन

  • १० भाद्र २०७६, मंगलवार

सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको आयोजनामा धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।
सशस्त्र प्रहरी ऐन २०५८ जारी भएको दिनको स्मरणमा आयोजना गरिएको सशस्त्र प्रहरी महानिरिक्षक दोस्रो रक्तदान कार्यक्रम अन्तरगत धनकुटा स्थित सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाको परिषदमा भएको रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेको गुल्मपति डि एस पी सचिन कर्माचार्यले जानकारी दिए ।

रक्तदान कार्यक्रममा गुल्मपती कर्माचार्य सहित सशस्त्र प्रहरीहरु, नेपाल प्रहरीहरु र धनकुटाबासीहरु गरी ५७ जना पुरुष र ७ जना महिलाहरुले रक्तदान गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाले जनाएको छ ।
नेपाल रेडक्रस सोसाईटी धनकुटा शाखाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेट क्याटर धनकुटाले आयोजना गरेको यो दोस्रो रक्तदान हो । – शरु राई