तीजको दर खुवाउँदै गुरुकुल पाठशालाले गर्यो तीजमुलक साँस्कृतिक कार्यक्रम

  • १५ भाद्र २०७६, आईतवार

मोरङ्को बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले दर खुवाउने सहित तीज विशेष साँस्कृतिक कार्यक्रम गरेको छ ।
स्कुल परिसरमा आइतबार कार्यक्रम आयोजना गरि गुरुकुलले तीजमुलक साँस्कृतिक कार्यक्रम गरेको हो । बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाको प्रमुख आतिथ्य बेलबारी ब्यापार प्रबन्ध समितिका वरिष्ठ उपाध्यक्ष राजेशजङ कार्की लगायतको आतिथ्यता भएको कार्यक्रम स्कुलका अध्यक्ष केदार अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा उपस्थित सबैलाई तीजको दर समेत खुवाइएको थियो ।
कार्यक्रममा स्कुलका विद्यार्थीहरुले आकर्षक नृत्य समेत प्रस्तुत गरेका थिए । आधुनिक प्रबिधिबाअट पठनपाठन हुने गुरुकुलमा कक्षा ७ सम्म पठनपाठन हुँदै आएको छ ।