छोराछोरीलाई सामुदायिक बिद्यालयमै पढाउने बेलबारीका शिक्षक तथा कर्मचारीहरु सम्मानित

  • २३ भाद्र २०७६, सोमबार

बेलबारी नगरपालिकाले सामुदायिक बिद्यालयमा आफना छोरा छोरी पढाउने २४ जना शिक्षक तथा बिद्यालयका कर्मचारीहरुलाई सम्मान गरेको छ ।
४० औँ राष्ट्रिय शिक्षा दिवश तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अबसरमा उनिहरुलाई सम्मान गरिएको हो । सामुदायिक बिद्यालयमा शिक्षक तथा कर्मचारीहरुलाई थप जिम्मेवार बनाउनका लागि पहिलो पटक सम्मान गरीएको नगरपालिकाले जनाएको छ ।

सिल्भर भोलेन्टीयर कार्यक्रम शुरु 

नगरपालिकाले सिल्भर भोलेन्टीयर कार्यक्रम लागू गरेको छ ।
अनिवार्य अवकास तथा सुविधा सहित अबकास लिएका शिक्षकहरुलाई समेत समेटेर नयाँ कार्यक्रम लागु गरिएको हो । बिद्यालयमा शिक्षकहरु एक हप्ता भन्दा लोमा समय सम्म बिदामा बस्दा भोलेन्टियर समुहमा बसेका पुर्व शिक्षकहरुलाई बोलाएर पठन पाठन गर्न लगाईने शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालले बताए । नगर भित्रका शैक्षिक ब्यक्तिहरुलाई समेत समेटेर उक्त भोलेन्टीयर कार्यक्रममा समेटिने समेत उनले बताए । अविभावकहरुको सामुदायिक बिद्यालय प्रतिको आकर्षण घटीरहेको छ प्रमुख कोइरालाले भने कुनै विषयमा दक्ष ब्यत्तिलाई लगेर पढाउन लगायौँ भने अबिभावक र बिद्यार्थीको आकर्षण घट्दैन ।
हाम्रोमा सर हुनु हुदैन् भनेर कुनै पनि बिद्यार्थी बिद्यालय आउन बाट बञ्चित नहुन भनेर नयाँ योजना ल्याएको समेत उनले बताए । ८ जना पुर्व शिक्षकहरु आफै उक्त कार्यक्रममा उत्साहित भएर आएको समेत उनले बताए ।

पितृका नाममा विरुवा रोप्न शिक्षकहरुलाई नगरपालिकाको निर्देशन

पितृका नाममा एक विरुवा रोप्न शिक्षकहरुलाई नगरपालिकाले निर्देशन गरेको छ । सोह्रश्रद्धमा एक शिक्षक एक विरुवा पितृका नाममा एक रोप्न लागि निर्देशन गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताए ।
हाम्रो बिद्यालय राम्रो चोक कार्यक्रम समेत नगरपालिकाले सञ्चालन गर्ने भएको छ । बिद्यार्थी हरुलाई सहभागी गराएर बिद्यालयदेखि नजिकैको चोक सफा गर्ने रणनिति समेत अगाडि बढाइएको छ ।

शिक्षकहरुलाई सम्मान गर्दै बेलबारी नगरपालिकाकी उप मेयर ढाकाकुमारी पराजुलीले प्रविधि युक्त शिक्षामा जोड दिनुपर्ने बताईन् । उनले नगरपालिकाले प्राविधिक शिक्षामा जोड दिएको समेत बताईन् ।