जेष्ठ नागरिकबाट आशीर्वाद लिँदै र फलफुल दिंँदै गुरुकुलका विद्यार्थीले मनाए वाल दिवस

  • ३० भाद्र २०७६, सोमबार

बाल दिवसको अबसरमा मोरङ बेलबारी ३ स्थित गुरुकुल पाठशालाले आइतबार आफ्ना विद्यार्थीहरुलाइ जेष्ठ नागरिकहरुसँग साक्षात्कार गराउँदै वाल दिवस मनाएको छ ।

अनुभव आदानप्रदान तथा संस्कारको बिकास होस् भन्ने अभिप्रायले वालवलिकाहरुलाइ जेष्ठ नगरिकहरुसँग भलाकुसारी गराइएको हो । प्रिन्सिपल दिपेन्द्र खुलालले दिएको जानकारी अनुसार करिब ६० जना विद्यार्थीहरुले जेष्ठ नागरिक समाजमा रहेका ६० जना नै वृद्ध वृद्धाहरुसँग भेटघाट गरेका थिए । सो अबसरमा जेष्ठ नागरिकहरुलाइ फलफूल समेत खुवाइएको थियो । 

छोराछोरीको ब्यबहारका कारण जेष्ठ नागरिकहरु बृद्दाश्रममा जाने क्रम बढिरहेको बेला वालवलिकाहरुले जेष्ठ नागरिकहरुको मुखबाट केही सिकुन् र पुलको काम गर्न सकुन् भनेर त्यस्तो कार्यक्रम गरिएको खुलालले बताए ।