अर्किड बेलबारीको निशुल्क दन्त शिविर , एक सय बीस बिरामीले लिए सेवा

  • १४ आश्विन २०७६, मंगलवार

विगत लामाे समयदेखि बालबालिकाकाे क्षेत्रमा काम गर्दै बाल विकास कालागि सङ्गठन अर्किड बेलबारीमा ३ दिने निशुल्क दन्त शिविर सम्पन्न भएकाे छ ।

सिपि सियस ईन्टरनेशनल अायाेजना, हिमालयन परियाेजनाकाे प्राविधिक सहयाेगमा अर्किड बेलबारीमा संचालन भएकाे तीनदिने निशुल्क दन्तशिविरबाट १ सय २० जनाले निशुल्क सेवा लिएका छन् ।

गरिव तथा विपन्न बालबालिकालाई लक्षित गरेरसंचालन गरेकाे शिविरमा बालबालिकाका अलावा समुदायका अन्य उमेर समूहका राेगीहरुले पनि सेवा लिएकाे अर्किड बेलबारीका अध्यक्ष बद्रीप्रसाद शर्माले जानकारी दिए ।

हिमालयन परियाेजनाका दन्तराेग चिकिस्क तथा जेनेरल फिजिसियन डा. जेन ड्राईवेलले दन्तराेगीहरुलाई सेवा दिएका थिए ।

असाेज १०-१२ सम्म संचालन भएकाे उक्त शिविरबाट ५-१८ उमेर समूहका ७१ जना बालबालिका, १८- ६० वर्ष समूहका ४२ जना र ६० देखि माथिका ८ जना जेष्ठ नागरिक गरी जम्मा १ सय २१ जनाले सेवा लिएकाे अर्किडका बेलबारीका व्यवस्थापक रेवती तिवारीले जानकारी दिए ।

शिविरमा बालबालिकालाई मन्जन र ब्रस र अन्य समूहका दन्तराेगीलाई राेगअनुसार दवाई पनि वितरण गरिएकाे कार्यालयले जनाएकाे ।