नरेन्द्र स्मृती क्लवद्वारा सांस्कृतिक कार्यक्रमको खर्च सार्जनिक

  • १२ आश्विन २०७६, आईतवार

बेलबारी २ लालभित्तीमा रहेकाे नरेन्द्र स्मृति क्लवले २० औं वार्षिकाेत्सवमा संचालन गरेकाे सांस्कृतिक कार्यक्रमकाे खर्चकाे हिसाब किताब सार्जनिक गरेकाे छ ।

रमिते सामुदायिक वनकाे सभाहलमा अाज पत्रकार सम्मेलन गरेर क्लवले हिसाब सार्वजनिक गरेकाे हाे ।

बिभिन्न कार्यक्रम आयोजना गर्ने तर त्यसको आयव्यय भने सार्बजनिक नगर्ने बेलबारीका धेरै संघसंस्थाहरुका भिडमा कार्यक्रम सम्पन्न पश्चात नै त्यसको आयव्यय समयमै सार्बजनिक गरेर अाफूलाई फरक संस्थाकाे रुपमा उभ्याएकाे छ ।

पत्रकार सम्मेलनमा २० अाैं वार्षिकाेत्सवमा अायाेजना गरिएकाे कार्यक्रममा आयतर्फ २ लाख ३५ हजार २ सय ५३ र खर्चतर्फ १ लाख ८६ हजार ६ सय ६४ रुपैया रहेको र बचत तर्फ ४८ हजार ५ सय ८९ रुपैया रहेकाे संस्थाले हिसाब सार्बजनिक गरेकाे छ ।

कार्यक्रमबाट बचत भएको रकम खेलकुद क्षेत्रमा खर्च गरिने क्लबका अध्यक्ष नवीन पुरीले बताए ।

क्लबले बर्षेनी खेलकुद, साँस्कृतिक कार्यक्रम, लगायत सामाजिक गतिबिधि गर्दै आएको छ ।

यसरी संस्थाले अाफूले गरेकाे खर्चकाे हिसाब सार्वजनिक गर्नु अाफैमा राम्राे काम रहेकाे, जसले शुसानमा मद्धत मिल्ने हुनाले क्लवकाे यस्ताे कार्यलाई अरुले पनि अनुसरण गर्नु पर्ने बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतमकाे मत रहेकाे छ