बेलबारी फुटवल क्लव क्लबस्तरीय फुटबलको फाइनलमा, उपाधिका लागि केराबारीसँग भिड्ने

  • ७ कार्तिक २०७६, बिहीबार

बेलबारी, मोरङ / बेलबारी –२ सिंहदेवी हाइटमा जारी क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगितामा बेलबारी फुटवल क्लव फाइनलमा प्रवेश गरेको छ ।

सिंहदेवी युवा समूह बेलबारी २ लालभित्तीको आयोजनामा कार्तिक १ गतेदेखि संचालन भइरहेको क्लवस्तरीय खुल्ला नकआउट फुडवल प्रतियोगितामा नरेन्द्र स्मृति क्लवलाई १ का विरुद्द्द २ ले हराउँदै बेलबारी फुटवल क्लव फाइनलमा प्रवेश गरेकोे हो ।

बेलबरी नगरपालिका वार्ड नं २ सिंहदेवी हाईटमा रहेको बागदेवी खेलमैदानको स्तरउन्नतिको मूख्य उद्देश्यका साथ प्रतियोगिता संचालन गरिएको आयोजक संस्थाले जनाएको छ ।

खेल प्रतिस्पर्धात्मक भए पनि पहिलो हापभरि दुवै टिमबाट कुनै गोल हुन सकेन । दोश्रो हाप सुरु भएको ७ मिनेटमा बेलबारी फुटवल क्लवका जर्सी नं १९ का मौसम सुब्बाले पहिलो गोल गरेर खेललाई थप रोचकता मात्र थपेनन् आफ्नो टिमकाे फाइनलमा पुग्ने ढोकासमेत खोल्न सफल । बेलबारीबाट गोल भएको २ मिनेटमै प्रत्युत्तरमा नरेन्द्र स्मृति क्लवका जर्सी नं ६ का पारस खत्रीले गोल गरेर आफ्नो टिमलाई प्रतिस्पर्धीको रुपमा उभाए पनि बेलबारीका जर्सी नं ८ का विक्रम धिमालले खेलको अन्तिम समयमा अर्को गोल थपेर त्यो नरेन्द्रको त्यो दावालाई असत्य सावित गरिदिएका थिए ।

दर्शकद्वारा अत्याधिक रुचाइए पनि अन्तिमा आएर गोल गर्न नसक्दा नरेन्द्र स्मृति क्लवले अन्त्यमा खल्लो महसुस गरेर घर फर्किनु परेको थियो ।

शिक्षा सन्देश इ स्कुल बेलबारी –२, लालभित्ती र बालप्रतिभा इ. स्कुल सुन्दरहरैंचा –१०, खोर्साने प्रायोजक रहेको उक्त प्रतियोगितामा बेलबारी नगरपालिकाको विशेष सहयोग रहेको छ । बागदेवी तथा रमिते सामुदायिक वनले सामुदायिक संस्थाको रुपमा भूमिका निभाएको उक्त प्रतियोगिताको फाइनल खेल कार्तिक ९ गते शनिवार हुने आयोजक समितिका अध्यक्ष तिर्थबहादुर नेउपानेले जानकारी दिएका छन् ।

आजको प्रतियोगितामा बेलबारी फुटवल क्लवका किरन लिम्बू मेन अफ द म्याच घोषित भए ।

फाइनल खेल बेलबारी फुटवल क्लव बेलबारी र डाँगी फुटवल क्लव केराबारीविच हुने छ ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार, सिल्ड, पदक तथा प्रमाण पत्र पाउनेछन् भने उपविजेताले रु ३१ हजार सिहल्ड, पदक तथा प्रमाण पत्र पाउने छन् ।