गुरुकुल पाठशालामा तिहार विशेष कार्यक्रम

  • ९ कार्तिक २०७६, शनिबार

कार्यक्रममा बिभिन्न देउसी भैलोको गितमा नृत्य प्रस्तुत गर्नुका साथै बिभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो । सो बिद्यालयले हरेक बर्ष चाडपर्वमा यसप्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

विद्यार्थी, शिक्षक तथा अभिभावक लगायत विभिन्न महानुभावहरुको समेत उपस्थितिमा भएको कार्यक्रममा बिद्यालयका अध्यक्ष केदार अधिकारी, प्रिन्सिपल दिपेन्द्र खुलाल, बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।