प्रदेश सरकारले ढाँटेपछि स्थानीय पहलमै बन्न थाल्यो राष्ट्रिय पुस्तकालय केराबारीको भवन

  • १४ कार्तिक २०७६, बिहीबार

मोरङको केराबारी गाउँपालिकामा रहेको राष्ट्रिय पुस्तकालयको भवन निर्माण हुन थालेको छ ।

२०२४ सालमा स्थापना गरिएको मोरङकै पुरानो  पुस्तकालयको भवन केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले बुुधबार शिलान्यास गरेका हुन् ।

केराबारीका वासिन्दाहरुले नेपाल टेलिकमको लागि भनेर  दिएको १५ धुर जग्गामा टेलिकम कार्यालय नआएपछि गाउँपालिकाले उपलब्ध गराएको सोही जग्गामा पुस्तकालय भवन बन्न लागेको समितिका सचिव नविन थापा क्षेत्रीले।

भवन निर्माणको लागि केराबारी गाउँपालिकाले २० लाख रकम उपलब्ध गराएको छ । करिब ५० लाख लागतमा २ तले भवन बनाउने योजना भएपनि प्रदेश सरकारले दिने भनिएको बजेट नदिइएपाछि गाउँपालिकाको २० हजार अनुदानबाट भवन निर्माण थालिएको हो । गाउँपालिकाले दिएको बजेट बाहेक अपुग हुने रकम पुस्तकालय र स्थानीय बासिन्दाले जुटाउने पुस्तकालयका अध्यक्ष महाप्रसाद लुईंटेलले बताए ।

पाठकहरुलाई पढ्न सजिलो र सुविधाका लागि पुस्तकालयले विधुतिय पुस्तकालय पनि यस अघि नै संचालनमा ल्याइसकेको छ ।

त्यसो त यस अघि प्रदेश सरकारले पनि सोही पुस्तकालयको  भवन निर्माणका लागि ३० लाख रुपैयाँ दिने भएको खबर आएको थियो तर रातारा चलखेल गरी रातारात सो रकम अन्यत्र पारिएको केराबारीका स्थानीय बासिन्दा  बताउँछन् ।

यो पनि पढ्नोस

उत्तरी मोरङकै जेठो राष्ट्रिय पुस्तकालय केराबारीले संचालनमा ल्यायो इ-लाइब्रेरी