महिला अधिकार मञ्चको १ नं प्रदेश समिति गठन, मोरङकी सिता सुवेदीले लिइन् नेतृत्व

  • २२ कार्तिक २०७६, शुक्रबार

महिला अधिकार मन्च प्रदेश नम्बर १ को बिहिबार इटहरीमा सम्पन्न प्रदेश भेलाले मोरङ बेलबारी निवासी सीता सुवेदीलाई अध्यक्षमा चयन गरेको छ ।

यसअघि मोरङ जिल्लाको नेतृत्व गरिसकेकी र लामो समयदेखि महिला अधिकारका क्षेत्रमा सक्रिय हुँदै आएकी सुवेदी मन्चको प्रदेश नेतृत्वमा पुगेकी हुन्  ।

समितिमा ७ जिल्लाको प्रतिनिधित्व हुने गरी गठित सात सदस्य छन् । जसमा, उपाध्यक्ष सरिता राई (खोटाङ),  सचिब राधिका कार्की (सुनसरी), कोषाध्यक्ष  बिना बस्नेत (संखुवासभा) छन् । त्यसैैैगरी सदस्यहरुमा बिना नेम्वाङ (झापा), मनिषा चौधरी (उदयपुर) र इन्द्रमाया भण्डारी चयन भएका छन् ।

महिला अधिकार मन्चकी केन्द्रिय अध्यक्ष रेनुका मल्ल ठकुरी र प्रदेश १ का उपसभामुखको प्रमुख र विशेष आतिथ्यतामा भएको भेलामा प्रदेश सभासदहरु, विभिन्न नगर तथा गाउँ पालिकाका उपप्रमुखहरु, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु, महिला अधिकार मन्चका केन्द्रिय  प्रतिनिधिहरु , सचिवालय सदस्य , मदन भन्डारी स्मृती प्रतिष्ठान नेपाल र नारी विकास संघ लगायत सातै जिल्ला महिला अधिकार मन्चका अध्यक्ष लगायतको आतिथ्यता र सहभागिता थियो ।