विशेषज्ञ डाक्टरद्वारा संचालित रुद्राक्ष डेन्टल क्लिनिक बेलबारीको नि:शुल्क दन्त शिविर शुरु

  • २५ कार्तिक २०७६, सोमबार

उत्तरी मोरङमै पहिलोपटक विशेषज्ञ डाक्टरहरुद्वारा संचालित रुद्राक्ष डेन्टल क्लिनिक बेलबारीले दोस्रो बर्ष प्रवेशको उपलक्षमा निस्शुल्क दन्त शिविर आयोजना गरेको छ ।

दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति  बढिरहेको बेला २०७५ सालमा खुलेको  बेलबारीको पश्चिम बस स्टेसनमा अबस्थित  ुरुद्राक्ष डेन्टल क्लिनिकु ले शनिबार अर्थात कार्तिक २३ देखि २७ गतेसम्म शिविर आयोजना गरेको हो ।

शिविरमा डेण्टल सर्जन डा. अजित कुमार यादव, डिएच राकेश साह, अर्थोडेण्टिस कन्सल्टेण्ट डा. भुषण भट्टराई, कन्सल्टेण्ट पेरियोडेन्टिस डा. हरिष साहले दाँतको परिक्षण तथा उपचार गर्नेछन् ।

शिविरमा निस्शुल्क दन्त परिक्षण गरिनुका साथै दाँतको डिजिटल एक्सरे, दाँत सफा गर्ने, नमिलेका दाँत मिलाउने, फिक्स दाँत लगाउने तथा पुरै दाँत लगाउने र गिजा सुन्निने तथा मुख गन्हाउने लगायत दाँत र मुख सम्बन्धि सम्पुर्ण उपचार गरिने डा। अजित कुमार यादवले जानकारी दिए । उनका अनुसार शिविर अबधिभरी उपचारमा २५ प्रतिशत छुट दिइनेछ ।

यो पनि …

मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’